२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डलाई चार जिल्लाबाट आयो चुनाव लड्ने प्रस्ताव

२०७९, २० श्रावण शुक्रबार ०९:५४

साउन २०, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ लाई पार्टीका नेताहरुले चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेका छन् । पार्टीमा कुन नेता कहाँबाट लड्ने भन्ने विषयमा छलफल चल्न थालेपछि प्रचण्डलाई पार्टीका नेताहरुले चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेका हुन । 

पार्टीका नेताहरुले प्रचण्डलाई चितवन क्षेत्र नम्बर तीन छोडेर गोरखा क्षेत्र नम्बर एक, धनुषा क्षेत्र नम्बर एक, सिन्धुली क्षेत्र नम्बर दुई र सिरहा क्षेत्र नम्बर तीनबाट चुनाव लड्न प्रस्ताव गरेका हुन् । प्रचण्डको चुनाव क्षेत्रलाई लिएर अनेक विश्लेषण हुन थालेपछि पार्टीका नेताहरुले चुनावी अंक गणितको हिसाब गरेर चार जिल्लाका नेताहरुले भेटेरै ती क्षेत्रमा चुनाव लड्न अफर गरेका हुन् ।

गोरखा क्षेत्र नम्बर १ का सांसद हरि अधिकारीले आफ्नो क्षेत्रबाट चुनाव लड्न प्रचण्डलाई प्रस्ताव गरेको बताए । ‘गोर्खाली जनता र पालिका नेतृत्व तहमा भएका साथीहरुको तर्फबाट अध्यक्षलाई गोरखा क्षेत्र नम्बर एकबाट चुनाव लड्न प्रस्ताव गरेको हुँ । उहाँले त्यस विषयमा जवाफ दिनुभएन’ अधिकारीले भने, ‘आफ्नो व्यक्तिगत इच्छा नभइ पार्टी र पालिकाका जनप्रतिनिधिको इच्छा अध्यक्ष कमरेडकहाँ पुर्याएको हुँ । अरु कुनै ठोस निर्णय भएको छैन ।’

त्यस्तै स्थायी समिति सदस्य हरिबोल गजुरेल र केन्द्रीय सदस्य राजन दाहालले समेत प्रचण्डलाई सिन्धुली क्षेत्र नम्बर २ बाट चुनाव लड्न प्रस्ताव गरेका छन् । पार्टी नेतृत्वलाई सिन्धुलीका जनताबाट अनुमोदन गराउने इच्छा प्रचण्डकहाँ राखेको दाहालले बताए । सिन्धुलीबाट चुनाव लड्ने प्रचण्डको इच्छा नभई आफूले नै चुनाव लड्न अफर गरेको उनले बताए । यदि प्रचण्ड सिन्धुली बाटै चुनाव लडेमा गजुरेल र दाहाल दुबै नेता छोड्न तयार भएका छन् ।

यस्तै स्थायी समिति सदस्य मातृका यादवले समेत आफ्नो क्षेत्रबाट चुनाव लड्न प्रचण्डलाई प्रस्ताव गरेका छन् । त्यस्तै सिरहाबाट प्रतिनिधित्व गर्ने अजयशंकर नायक, विश्वनाथ साह र महेन्द्र पासवान लगायतका माओवादीहरूले समेत प्रचण्डलाई सिरहाबाट चुनाव लड्न सुझाव दिएका हुन । दोस्रो संविधानसभा चुनावमा सिरहा क्षेत्र नम्बर ५ बाट प्रचण्ड निर्वाचित भएकाले पुनः सिरहाबाटै चुनाव लड्न उनीहरुले सुझाव दिएका हुन् ।

पार्टीका नेताहरुले प्रचण्डलाई चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेपनि उनले ठोस जवाफ दिएका छैनन् । प्रचण्डले भने चितवन क्षेत्र नम्बर तीन बाटै चुनाव लड्ने बताउने गरेका छन् । पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड रोल्पा र काठमाडौँबाट निर्वाचित भएका थिए । दोस्रो संविधान सभामा प्रचण्ड काठमाडौ र सिरहाबाट चुनाव लडे पनि सिरहाबाट मात्रै निर्वाचित भएका थिए । २०७४ सालको प्रतिनिधिसभा चुनावमा भने प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल