१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्याय माग्दै निहारिका फेरि आमरण अनशनमा, बच्चासहित उनलाई अनशनस्थलबाट उठायो (फोटोफिचर)

२० श्रावण २०७९, शुक्रबार १०:११

साउन २०, काठमाडौँ | न्याय माग्दै निहारिका राजपुत पुनः आमरण अनशनमा बसेकी छन् । ‘कुमारी आमा’को रुपमा चिनिएकी उनी आफूसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै आमरण अनशनमा बसेकी हुन् । दुई वर्षको बच्चासहित आमरण अनशनमा बसेकी उनलाई अनशनस्थत सिंहदरवारको दक्षिण गेटबाट प्रहरी नियन्त्रणमा लिएको छ । 


यसअघि उनको आमरण अनशन ५ बुँदे सहमति गर्दै गृहमन्त्री बालकृष्ण खाणले जुस खुवाएर तोडाएका थिए । तर, आफूले अहिलेसम्म न्याय नपाएको भन्दै उनी पुन आमरण अनशनमा बसेकी हुन् ।

१७ वर्षको उमेरमा एक पुरुषले बलात्कार गरेको भन्दै उनले आरोपित पुरुषलाई कारबाहीको माग गर्दै आमरण अनशन बसेकी हुन् । बच्चा जन्मिएपछि ती पुरुषले छाडेको उनको भनाइ छ । 


जिल्ला अदालतले आरोपीलाई आरोपीलाई सफाइ दिएपछि जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी उनले हालसम्म न्यायको अनुभूति गर्न नसकेको बताउँदै आएकी छन् । 

उच्च अदालतले मुद्दाको किनारा नलगाउँदा आफूमाथि थप अन्याय भएको  उनले बारम्बार गुनासो गर्दै आएकी छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण