२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उड कार्भिङ व्यवसायीको सीप परीक्षण राष्ट्रिय सीप परीक्षण समितिले गर्ने

२०७९, २२ श्रावण आईतवार १०:३५

साउन २२, भक्तपुर | प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)अन्तर्गतको राष्ट्रिय सीप परीक्षण समिति सानोठिमीले उड कार्भिङ व्यवसायीको सीप परीक्षण गर्ने भएको छ । समितिले सूचना प्रकाशित गरी उड कार्भिङलगायतका व्यवसायको सीप परीक्षण गर्ने जानकारी गराएको हो ।  


उड कार्भिङ व्यवसायको लामो समयदेखि सीप परीक्षण रोकिएको थियो । अब सिमितले सीप परीक्षण गराउने भएको हो । भक्तपुर चेम्बर अफ कमर्ससँंग यसअघि व्यवसायीहरूले सीप परीक्षण रोकिएको विषयमा पहल गरिदिन अनुरोध गरेका थिए ।

त्यसपछि चेम्बर अध्यक्ष न्हुँछेकाजी मानन्धरको संयोजकत्वमा चेम्बर पदाधिकारी तथा व्यवसायीहरूको टोलीले समितिमा पुगेर ध्यानाकर्षण गराएको थियो । समितिले वार्षिक तीन पटक सूचना जारी गरी सीप परीक्षण गराउने भएकाे छ । 

भक्तपुर चेम्बर अफ कमर्सका कार्यालय प्रमुख राजुमान बज्राचार्यले व्यवसायीहरूको समस्या बारे आफूहरूले समितिको ध्यानाकर्षण गराएपछि उड कार्भिङ व्यवसायीको पनि सीप परीक्षण गर्ने सूचना प्रकाशित भएकोमा खुशी व्यक्त गरे । यसले व्यवसायीहरूको सीप विकासमा सहयोग मिल्ने विश्वाय व्यक्त गरे । 

व्यवसायीहरूका अनुसार यो पेशा व्यवसाय गर्नेहरूको संख्या काठमाडौं ठूलो छ । तर, धेरैले सिप परीक्षणलाई वास्ता गरिरहेका छैनन् । यसले प्रमाणपत्रधारी व्यवसायीहरू निकै कम भएको व्यवसायीहरू बताउँंछन् । मठमन्दिरमा राखिने काठमा बुटा कोर्ने काम उड कार्भिङ व्यवसायीले गर्ने गर्छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल