१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उड कार्भिङ व्यवसायीको सीप परीक्षण राष्ट्रिय सीप परीक्षण समितिले गर्ने

२२ श्रावण २०७९, आईतवार १०:३५

साउन २२, भक्तपुर | प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)अन्तर्गतको राष्ट्रिय सीप परीक्षण समिति सानोठिमीले उड कार्भिङ व्यवसायीको सीप परीक्षण गर्ने भएको छ । समितिले सूचना प्रकाशित गरी उड कार्भिङलगायतका व्यवसायको सीप परीक्षण गर्ने जानकारी गराएको हो ।  


उड कार्भिङ व्यवसायको लामो समयदेखि सीप परीक्षण रोकिएको थियो । अब सिमितले सीप परीक्षण गराउने भएको हो । भक्तपुर चेम्बर अफ कमर्ससँंग यसअघि व्यवसायीहरूले सीप परीक्षण रोकिएको विषयमा पहल गरिदिन अनुरोध गरेका थिए ।

त्यसपछि चेम्बर अध्यक्ष न्हुँछेकाजी मानन्धरको संयोजकत्वमा चेम्बर पदाधिकारी तथा व्यवसायीहरूको टोलीले समितिमा पुगेर ध्यानाकर्षण गराएको थियो । समितिले वार्षिक तीन पटक सूचना जारी गरी सीप परीक्षण गराउने भएकाे छ । 

भक्तपुर चेम्बर अफ कमर्सका कार्यालय प्रमुख राजुमान बज्राचार्यले व्यवसायीहरूको समस्या बारे आफूहरूले समितिको ध्यानाकर्षण गराएपछि उड कार्भिङ व्यवसायीको पनि सीप परीक्षण गर्ने सूचना प्रकाशित भएकोमा खुशी व्यक्त गरे । यसले व्यवसायीहरूको सीप विकासमा सहयोग मिल्ने विश्वाय व्यक्त गरे । 

व्यवसायीहरूका अनुसार यो पेशा व्यवसाय गर्नेहरूको संख्या काठमाडौं ठूलो छ । तर, धेरैले सिप परीक्षणलाई वास्ता गरिरहेका छैनन् । यसले प्रमाणपत्रधारी व्यवसायीहरू निकै कम भएको व्यवसायीहरू बताउँंछन् । मठमन्दिरमा राखिने काठमा बुटा कोर्ने काम उड कार्भिङ व्यवसायीले गर्ने गर्छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण