हुण्डी कारोबार गर्ने नुवाकोटका चार जना विरुद्ध मुद्दा दायर

Posted on: 08 Aug, 2022

साउन २३, काठमाडौँ | राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन सम्बन्धीको मुद्दा सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको छ । नुवाकोटका नवराज ढुंगाना, फणिन्द्र प्रसाद ढुंगाना, प्रज्वल ढुंगाना र सुवासजंग पाण्डेलाई अभियुक्त बनाई उक्त मुद्दा दायर गरिएको हो । 

विभागका अनुसार काठमाडौंमा विभिन्न पेशा गरीबस्ने फणिन्द्र प्रसाद, नवराज र सुवासजंगसँगको मिलेमतोमा हाल जापानमा रहेका प्रज्वल ढुंगाना समेतले विदेशी मुद्राको अवैध कारोबार गरी अपराध गरेको अनुसन्धानबाट खुलेको छ । 

विशेष सूचनाको आधारमा प्रहरीले नुवाकोट ककनी गाउँपालिका वडा नंम्बर ३ घर भएका नवराज ढुंगानालई स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँ सहित पक्राउ गरेपछि यो हुण्डी कारोबारबारे जानकारी खुलेको हो । 

विभागका अनुसार जापानबाट हुण्डी कारोबार मार्फत उक्त रकम प्रज्वल ढुंगानाले पठाएको खुलेको हो । उनीहरुले विदेशी विनिमय ऐन २०१९ विपरित कार्य गरेको किटान गरी विभागले मुद्दा दायर गरेको छ । निजहरुले गरेको कसुर अनुसारको कारवाही र बरामदित रकम जफत गरी पाउँ भनि मागदावी सहित मुद्दा दायर गरिएको विभागले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!