१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्षमा पौने चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली

२६ श्रावण २०७९, बिहीबार ०७:१६

साउन २६, काठमाडौँ । नेपालमा एक वर्षको अवधिमा पौने चार अर्ब रुपैयाँको विभिन्न प्रकारका विदेशी मदिरा भित्रिएको पाइएको छ । 

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को अवधिमा उक्त मुल्य बराबरको मदिरा नेपालले विभिन्न देशबाट आयात गरेको हो ।

 २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा ३ अर्ब ७१ करोड १५ लाख १६ हजार रुपैयाँको विदेशी मदिरा नेपाल भित्रिएको विभागले जनाएको छ । 

सो अवधिमा उक्त मुल्यमा ६७ लाख ७८ हजार ३७१ लीटर विभिन्न प्रकारका विदेशी मदिरा नेपाल भित्रिएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भन्दा वर्ष २०७८/७९ मा १ अर्ब ६ करोड ८ लाख ५ हजार रुपैयाँ बढीको विदेशी मदिरा नेपालले आयात गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ६५ करोड ७ लाख ११ हजार रुपैयाँको ६१ लाख ५६ हजार ३३८ लीटर विदेशी मदिरा नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

गत आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ३७ करोड ५६ लाख ७ हजार रुपैयाँको व्ह्स्किी, ३८ करोड १ लाख ९९ हजार रुपैयाँको वाइन, १ करोड २५ लाख ९० हजार रुपैयाँको जिन र  १ करोड २८ लाख ८६ हजार रुपैयाँको भोड्का नेपालले आयात गरेको छ । 

बेल्जियम, चीन, जर्मनी, भारत, आयरल्याण्ड, सर्विया, सिंगापुर, अष्ट्रेलिया, चिली, इटाली, जापान, दक्षिण अफ्रिका, स्पेन, अमेरिका, अर्जेन्टिना, फ्रान्स, भियतनाम, आयरल्याण्ड, पोर्चुगल, न्युजल्याण्ड, साउदी अरेबिया, बेलायत, ब्राजिल, नेदरल्याण्ड्स, स्वीडेन, मेक्सिको, पोल्याण्ड लगायतका देशबाट नेपालमा विभिन्न प्रकारका मदिरा आउने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण