१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘गलफ्रेण्ड’ भेट्न मध्यराति घरमा पुगेका मन्सारामलाई बाबुले रडै रडले हानेर टाउको फुटाए

२७ श्रावण २०७९, शुक्रबार ०८:१७

साउन २७, काठमाडौं | दाङमा एक युवकमाथि निर्घात कुटपिट भएको छ। राजपुर गाउँपालिका–३ खरदरियाका १९ वर्षीय मन्साराम यादवमाथि प्रेमिकाका बुवाले निर्घात कुटपिट गरेका हुन्।

मन्सारामलाई साउन २१ गते उनकी प्रेमिका सीता (परिर्वतीत नाम) को फोन आयो। प्रेमिकाले बोलाएपछि उनी साइकल चढेर राति नै ९ बजे भेट्न तीन किलोमिटर टाढा केटीको घर राजपुर–३ स्थित बेला पुगे।

जब उनी प्रेमिकाको घर नजिक पुगे, तब केही व्यक्तिहरु आएर उनीमाथि कुटपिट गर्न थाले। इलाका प्रहरी कार्यालय गढवाका अनुसार मन्सारालाई निर्घात रुपमा कुटपिट गर्दै स्थानीय धीरबहादुर यादवको घरमा लगेर टाउको, मुख, खुट्टामा गहिरो चोट पुग्ने गरी आक्रमण गरे।


उनीमाथि कुट्ने अरु कोही नभएर किशोरीका बुबा अर्थात आफ्नै शिक्षक पाटेश्वर यादव थिए। प्रहरीका अनुसार मन्साराम र किशोरी एउटै विद्यालयमा अध्ययनरत विद्यार्थी हुन्।

शिक्षक यादवले आफ्नी छोरी र किशोरबीच प्रेम भएको थाहा पाएपछि छोरीलाई नै फोन गर्न लगाएर भेट्न बोलाइ किशोरलाई निर्घात कुटपिट गरेको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक रञ्जु केसीले बताइन्।

किशोर यादवमाथि  चिर्पट, लात्ती र मुक्काले निर्घात कुटपिट गरी गम्भीर घाइते भएका छन्। उनको अहिले नेपालगञ्जमा उपचार भइरहेको छ।

योजनाबद्ध घटना

मन्सारामलाई कुटपिटको घटना योजनाबद्ध भएको प्रहरी बताएको छ। ‘यादवलाई कुटपिट गरेपछि शिक्षक पाटेश्वर यावदले रातिको समयमा चोरी गर्न आएको हुँ भन्ने स्विकार्न बाध्य बनाइ नक्कली कागज बनाएको पाइयो’, प्रहरी निरिक्षक केसीले भनिन्, ‘घटनाको प्रकृति हेर्दा योजनाबद्ध ढंगबाट कुटपिट गरेको र चोरी स्विकार्न लगाएको कागज घटनास्थलबाट पाइएको छ।’

उक्त कागजमा आफू चोरी गर्न आएको र सो क्रममा घरधनीले फेला पारी सामान्य कुटपिट गरेको र प्रहरीमा उजुर गर्ने छैन भनी स्वीकार गर्न बाध्य गराइएको छ।

पीडित मन्सारमले आफूमाथि कुटपिट भएको भन्दै साउन २३ गते इप्रका गढवामा जाहेरी दिएका थिए। प्रहरी निरीक्षक केसीका अनुसार मन्सारामलाई कुटपिट गरेको आरोपमा शिक्षक पाटेश्वर यादव र यादवका दाइ धीरबहादुर यादवलाई घटनाको दुई दिनपछि प्रहरीले पक्राउ गरेको हो। कुटपिटमा संलग्न ३ जना भने अझै फरार रहेको गढवा प्रहरीले जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण