१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहसचिव भिष्म भुसालको नेतृत्वमा मिटरब्याजसम्बन्धी अपराध नियन्त्रण गर्न कार्यदल गठन

२७ श्रावण २०७९, शुक्रबार ११:०३

साउन २७, काठमाडौं | सरकारले मिटरब्याजसम्बन्धी अपराध नियन्त्रण गर्न गृहमन्त्रालयका सहसचिव डा. भिष्म भुसालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ । 

तराईसहितका स्थानका मिटरब्याज पीडितहरु काठमाडौंको आएर धर्ना तथा प्रदर्शन गरिरहेका बेला सरकारले कार्यदल गठन गरेको हो । 


गृहमन्त्री बालकृष्ण खाणले शुक्रबार मन्त्रालयका सहसचिव भुसालको नेतृत्वमा कार्यदल गठन गरेको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए । 

उनका अनुसार कार्यदलमा भुसालसहित गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायव उपरीक्षक रोशन खड्का

नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उप– अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन् । कार्यदलको सदस्यसचिवको जिम्मेवारी भने प्रहरी नायव उपरीक्षक खड्कालाई दिइएको छ । 

मिटरब्याज अपराध नदोहोरिने, भएका समस्या समाधानको उपाय सुझाउन कार्यदललाई जिम्मेवारी दिएको प्रेस संयोजक भट्टराईले  बताए । उनका अनुसार कार्यदललाई एक महिनाको समय दिइएको छ । उक्त समयावधिभित्र मिटरब्याज अपराध नियन्त्रण, सहित सुझाव पेस गर्नुपर्नेछ । अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि कार्यदललाई निर्देशन दिइएको छ । 

गृहमन्त्री खाणले कार्यदल गठन गर्नुअघि शुक्रबार बिहान नै प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी सम्बन्धी समस्या समाधानका विषयमा छलफल गरेका भट्टराईले बताए ।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण