१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाइजोको लोभमा ७० वर्षे वृद्धसँग १२ वर्षीया बालिकाको विवाह गर्न खोज्दा …

२८ श्रावण २०७९, शनिबार ०६:१९

साउन २८, काठमाडौँ | एजेन्सी | विवाह गर्दा उमेर, बानी व्यवहार, संस्कार हेर्ने गरिन्छ तर ७० वर्षे वृद्धसँग १२ वर्षीया बालिकाको विवाह गर्न खोजिएको घटना पत्याउन गाह्रो पर्छ तर केन्यामा यस्तै घटना भएको छ ।


बालिकाका काकाले गाईहरू दाइजोमा पाउने लोभमा झुक्याएर बालिकाको विवाह वृद्धसँग गरिदिन लागेका थिए । बालिकालाई उसका दाइको विवाह हुन लागेको भनिएको थियो । बालिका अमीरा दाइको विवाह हुने भनेर खुशी थिइन् ।

स्थानीय सञ्चारमाध्यमसँग अमीराले भनिन्, ‘मलाई नयाँ लुगा दिइएको थियो, मेरो हातमा मेहन्दी लगाइएको थियो, खुशीयाली थियो र मलाई विभिन्न परिकार खान दिइएको थियो ।’ स्थानीय क्षेत्र भोकभरी प्रभावित क्षेत्र थियो, त्यसमाथि अनेक परिकार खान पाउँदा उनी खुशी थिइन् । केन्यामा सन् १९९० देखि बाल विवाह प्रतिबन्धित थियो ।

बाल विवाहको षड्यन्त्र भइरहेकोबारे अमीराका सौतेला भाइले थाहा पाएपछि उनले प्रहरीलाई खबर गरे । विवाहका लागि बेहुलीसहित गइरहेको गाडीलाई प्रहरीले रोकेर बाल विवाह रोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तो घटना भइरहँदा उनकी आमाको निधन भइसकेको थियो भने बुवा घरमा थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण