साउन ३०, काठमाडौँ | अमेरिकी वायु सेनाको टोली काठमाडौं आइपुगेको छ । युएस एअरफोर्सको सी १३० उडानमा उक्त टोली सोझै आएको बताइन्छ ।
नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त रुपमा सञ्चालन गर्न लागिएको ब्यालेन्स नेल २२–५५३० तालिममा सहभागी हुन अमेरिकी सैनिक डफ्फा आएको स्रोतको दाबी छ ।

टोलीमा शिक्षार्थी छ जना र चालक दलका १० जना छन् । उक्त विमान बिहान साढे १० बजेको समय काठमाडौंमा अवतरण गरेको नागरिक उड्डयन प्राधिकरण,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।