२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

द्वन्द्वका क्रममा यौन हिंसामा परेका महिलाहरूले कहिले न्याय पाउने ?

२०७९, ३० श्रावण सोमबार ०९:०२

साउन ३०, काठमाडौँ | गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा सम्लग्नलाई कारबाही गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्  । महिला गैरसरकारी संस्था महासंघ र संकल्प नामक संस्थाको आयोजनामा राजधानीमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले यो वा त्यो बहानामा त्यस्ता व्यक्तिहरुलाई कारबाही नगरेमा त्यसको नतिजा राम्रो नहुने चेतावनी दिए ।  


अधिवक्ता राजुप्रसाद चापागाईंले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा न्यूनतम परिमार्जनका लागि सुझावहरु प्रस्तुत गरे । ‘गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा सम्लग्नलाई प्रत्यक्ष वा परोक्ष रुपमा उन्मुक्ति दिने, क्षमादान दिने, माफी दिने जस्ता कुरालाई अन्तर्राष्ट्रिय मानव अधिकार कानुनले स्विकार गर्दैन, जसको हामी पक्षराष्ट्र पनि छौं’, उनले भने, ‘हामीले यही रुपमा पास गरेर यो पक्रियामा अगाडि बढ्यौं भने यसको नतिजा यहाँबाट टुङ्ग्यायौं भनौंला तर बास्तबिकतामा यो टुंगिदैन ।’ 


वरिष्ठ अधिवक्ता एवं संविधानसभा सदस्य एकराज भण्डारीले यो राजनीतिले निम्त्याएको समस्या भएकाले समाधान पनि राजनीति बाट सम्भव हुने विचार राखे ।  कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापाले यस विधेयकलाई यही सदनले छिट्टै शंसोधन गरेर पीडितलाई न्यायको अनुभूति गराउनुपर्नेमा जोड दिइन् । 

वरिष्ठ अधिवक्ता मिरा ढुंगानाले शसस्त्र द्वन्द्वमा यौन हिंसामा परेका महिलाले परिपुरणको पनि प्राप्त नगरेका हुनाले यस्ता कुरामा विधेयकले कतिको सम्बोधन गरेको छ भन्ने विषयमा महिला सांसदले ध्यान दिनुपर्ने बताइन् । 

यस विधेयकमा भएका कमीकमजोरीलाई सच्याएर कसरी पीडितले न्याय पाउँछन् भन्नेमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने संकल्पकी महासचिव कला स्वर्णकारले बताइन् । त्यसैगरी संकल्पकी अध्यक्ष संगीता लामाले यस बिधेयकलाई जति सक्दो चाडो संशोधन गरेर सशस्त्र द्वन्द्वका पीडितलाई न्यायको अनुभूति गराउनु राज्यको दायित्व भएको जनाइन् । 

सांसद पार्वती बिसंखे र अमृता थापाले यस विधेयकको संशोधनका लागि आफूहरुले सदनमा सक्रिय भूमिका निभाउने प्रतिबद्धता जनाए । नेपालमा कानुन, गृह र शिक्षा प्यारालाइसिस भएकाले जबसम्म कानुन बलियो हुँदैन तबसम्म पीडितले न्याय नपाउने राप्रपा नेतृ नीना भेटवालले बताइन् ।

त्यसैगरी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नानु बास्तोलाले पार्टीगत रुपमा पनि छलफल चलाएर मात्र सदनमा छलफल गरे प्रभावकारी हुने विचार व्यक्त गरिन् । सर्वोच्च अदालतले ऐन संशोधन गर्न आदेश गरेको ८ वर्ष पछि गत ३१ असारमा सरकारले संसदमा दर्ता गराएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल चलाउन कार्यक्रमको आयोजना गरिएको महिला गैरसरकारी संस्था महासंघकी अध्यक्ष डा.शशी अधिकारीले बताइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल