भदौ ३, काठमाडौं | दुईजना रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
सिगास गाउँपालिका -५ रातापोडका अन्ताजी २२ वर्षीय केशव दमाइ र अन्ताजी १८ वर्षीया किशोरी रमिता विक खैरकोटमा रहेको भुवनेश्वरी मावि नजिक रुखमा सलको पासो लगाएको अवस्थामा मृत फेला परेको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल प्रशाद चौधरीले जानकारी दिए । दुवैजना प्रेम सम्बन्धमा रहेको स्थानीय नरेन्द्र साउदले बताए । मृतक रमिता भुवनेश्वरी माविमा कक्षा १० मा अध्यानरत थिइन् ।
स्थानीयहरुले बिहीबार साँझ दुवैजना रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवैजनाको शव पोष्टमाटमको लागि पाटन ल्याइँदैछ।