१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी डलर साट्ने बहानामा ठगी, दुई पक्राउ

७ भाद्र २०७९, मंगलवार ०९:४६

भदौ ७, काठमाडौँ | अमेरिकी डलर सस्तोमा साटिदिने भन्दै लाखौं रकम लिएर ५, १०, २० रूपैयाँको बण्डल थमाएर श्रृंखलाबद्ध रूपमा ठगी गर्ने समूहका दुई जना पक्राउ परेका छन्। 

प्रहरीले ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। 

बौद्ध, टोखा, साँखु, कपन लगायत उपत्यकाका विभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ साटिदिने प्रलोभनमा पारेर ठगी गर्ने गरेको सूचनाहरू प्रहरीले पाएको थियो। उक्त सूचनापछि खटिएको टोलीले सोमबार दिउँसो टोखा नगरपालिकास्थित युनिक कोलोनीबाट दुई जनालाई पक्राउ गरेको हो। 


पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ थलाडाँडा घर भई बौद्ध आरूबारी बस्ने ३२ वर्षीय समिर भन्ने सञ्जय तामाङ र ललितपुरको धापाखेलहाइट बस्ने ३२ वर्षीय विष्णु तामाङ छन्।

युनिक कोलोनीबाट नेपाली रूपैयाँ १५ लाख बराबरको अमेरिकी डलर साट्ने भनेर ठगी गर्न लागेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट ५, १० र २० रुपैयाँ दरका नोट र केही अमेरिकी डलर पनि बरामद गरेको हो। 

उनीहरूमाथि अनुसन्धान गर्न प्रहरी वृत्त बौद्ध, काठमाडौं पठाएको छ।

उनीहरूले कुनै पनि मानिसलाई सुरूमा चिनजान गरी पटकपटक फोन गर्ने गर्थे। त्यसपछि आफूसँग वैध अमेरिकी डलर रहेको र सस्तोमा साटिदिने भन्दै प्रलोभनमा पार्थे।

साट्ने बेलामा भने उनीहरूले पीडितलाई उपत्यकाका साघुँरा गल्ली, पातलो मानववस्ती र जंगल आसपासको स्थानमा बोलाउँथे। 

त्यसरी बोलाएर उनीहरूले सुरूमा पीडित व्यक्तिले ल्याएका पैसा लिन्थे र आफूले रूमालमा पोको पारेको थैलो थमाउँथे। 

रूमाल थमाएर उनीहरू तत्काल निस्किने गरेको र पछि पोको खोलेर हेर्दा भित्र ५, १० र २० रुपैयाँ दरका नेपाली रुपैयाँ हुने गरेको खुलेको छ।  

प्रहरी उपरीक्षक कोइरालाका अनुसार यसमा उनीहरूले एक व्यक्तिलाई ठगी गरेपछि त्यही मोबाइल फेरि प्रयोग गर्दैन थिए। पीडितसँग उनीहरूबारे कुनै पनि जानकारी नै नहुने प्रहरीले जनाएको छ।  

पीडितले याद गरेका हुलियाकै आधारमा स्केच बनाएर प्रहरीले उनीहरू दुई जनालाई पक्राउ गरेको हो। यसमा संलग्न अरू पनि फरार छन्। 

पक्राउ परेकाहरु यसअघि ५ वटा यस्तै लुटमा संलग्न भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरुको साथबाट प्रहरीले अमेरिकी डलर १ दरको ८ सय थान, ५० दरको ३७ थान, नेपाली रुपैयाँ ५ दरको ३२५ थान, १० दरको नोट ९ थान र २० दरको नोट १०९ थान बरामद गरेको छ ।

बरामद गरिएको डलर उनीहरुले लुट्नका लागि बिटो बनाउन प्रयोग गरेका हुन् । डलर भनेर तयारी बिटो दिएपछि ‘प्रहरी आयो छिटो गर्नुस्’ भन्दै उनीहरु नेपाली रुपैयाँ लुटेर भाग्ने गरेका छन् । एउटा लुटमा प्रयोग भएको मोबाइल उनीहरुले अर्कोपटक प्रयोग नगर्ने हुनाले हुलियाको भरमा अनुसन्धान गर्नुपर्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो