कमल सुबेदी/भदौ २७, पोखरा । आजभोलीका युवाहरुलाइ कसैले पनि मन खोले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी/भदौ २७, पोखरा । आजभोलीका युवाहरुलाइ कसैले पनि मन खोले"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् कलियुगका इमान्दार, जसले १० तोला सुनको गहना फिर्ता गरे

२०७३, २७ भाद्र सोमबार ११:४६


कमल सुबेदी/भदौ २७, पोखरा । आजभोलीका युवाहरुलाइ कसैले पनि मन खोलेर विश्वास गर्दैनन् त्यसको कारण हो आजभोलीका युवाहरु बढि चोरीमा संलग्न हुन्छन या अनेक ढाट्ने छल्ने काममा बढि नै तल्लीन भएको पाइन्छ यसो त पोखरामा चोरीका घटनाहरु चाडबाड लागे सगै बढेका छन् सबै युवाहरु त्यस्ता पनि हुदैनन भन्ने उदाहरण का पात्र बनेका छन एक गाडीका सहचालक ।

वुटबलबाट पोखरा आउने क्रममा ग १ ख ३४२० नम्बरको बसमा चढेकी स्याङ्जा सिर्सेकोट ९ की केशरी पराजुली छोडेको सामान सहचालक चन्द्र बहादुर क्षेत्रीले पृथ्बी राजमार्ग बस सञ्चालक समिति मार्फत सम्बन्धित ब्यक्तिको जिम्मा लगाएर उनले यात्रुको मन मात्र जितेनन् कलियुगको इमान्दार देवता ठहरिए  । उनले यात्रु बसमा भेटिएको झण्डै १० तोला बरावरको सुनको गहना सम्बन्धित ब्यक्तिलाई फिर्ता गरेका छन् ।

गएको शुक्रवार वुटबलबाट पोखरा आउदै गरेको बसमा स्याङजाको गल्याङ्गबाट चढेकी केशरी पराजुली बाँयाटारीमा झरिन् तव मात्र थाहा भयो उनले बहुमुल्य सामान सहितको झोला बसमै बिर्सिइन् । बस पोखराको पृथ्बीचोक स्थित बसपार्कमा आइपुगेर सबै यात्रु झरेर आ-आफ्नो बाटो तताइसकेका थिए । केहि बेरपछि बसका सहचालक चन्द्र बहादुर क्षेत्री बस सफा गर्न लागि बसमा चढे त्यहि बेला बसमा एउटा झोला फेला पारे ।

झोला खोलेर हेर्दा उनले दुई वटा सुनको बाला, एउटा मंगलसुत्र, दुई वटा औठी, विच्छि र पाउजु सहित चुरा र तीन हजार नगदको सहित  साथमा एउटा परिचय पत्र समेत फेला पारे परिचय पत्रमा भएको नम्बरमा समेत उनले फोन हाने तर फोन अफ थियो ।


त्यसपछि पृथ्बी राजमार्ग बस सञ्चालक समितिमा ल्याएर बुझाए । उता सामान हराएकी केशरीले बायाँटारीमा बस्ने आफ्ना जेठाजु भिम पराजुलीलाई खबर गरिन् । पराजुलीले समितिमा फोन गरे र सामान हराएको बारेमा कुरा गरे  । केहिवेरपछि झोला पाएको खबर आयो ।  र तीन दिन पछि आएर  आफ्नो सामान लिए ।

 पृथ्बी राजमार्ग बस सञ्चालक समितिले सोमवार पत्रकार सम्मेलन गरेर पराजुलीलाइ सामान हस्तान्तरण गरेको हो । सहचालक क्षेत्रीले पराजुलीलाई बसमा भेटिएको सामान सहितको झोला हस्तान्तरण गरे । इमान्दार का साथ सामान फिर्ता गरे वापत उनलाई तत्काल पाँच हजार पुरस्कार र  खादा लगाएर सम्मान गरियो ।

पराजुलीले  वहुमुल्य गहना लगाएर बस चढ्दा जोखिम हुने भएकाले झोलामा राखेको बताइन । पराजुली तिज मानेर घर फर्कदै थिइन् ।यता भने जिल्ला प्रहरी कार्यालय कास्की का प्रमुख घनश्याम अर्याल ले चाडबाडका बेला धेरै गहना नलगाउन सल्लाह दिन्छन । यसै त गर गहनाले मानिस को शरिर पनि सुरक्षित नहुने जानाकार हरु बताउछन् ।क्षेत्री जस्तै इमान्दार बन्न सके समाज नै सुरक्षित हनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस