Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

२०७९, ९ आश्विन आईतवार ०७:२५

असोज ९, काठमाडौं | विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । 

काठमाडौंको काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित सडकमा बा.२ ज ११९२ नम्बरको ट्याक्सीले बा.९१ प ५४०३ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटर चालक प्रहरी प्रभाग तिलिङ्गेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् । 

ठक्करबाट गम्भीर घाईते भएका उनको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सडकमा रा.१ प ८६२३ नम्बरको मोटरसाइकलको ठक्करबाट शनिबार पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दंगिशरण गाउँपालिका–४ वैवाङ बस्ने ५९ वर्षीय शलिकराम वली रहेका छन् । ठक्करबाट गम्भीर घाईते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसासाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ बुड्डीस्थित सडकमा ना.७ ख ५९५९ नम्बरको बस र ना.५ ख ६५६५ नम्बरको ट्रक ठोक्किँदा शनिबार एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बसमा सवार प्युठान मलारानी गाउँपालिका–२ बस्ने २५ वर्षीया बिमला पुन मगर रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका २५ जना उपचार पश्चात डिश्चार्ज भएका छन् । ट्रक चालक समेत अन्य ६ जनाको जिल्ला अस्पताल तौलिहवा हुँदै थप उपचारको लागि चौराहा अस्पताल बुटवलमा पठाइएको छ । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकीमा प्रदेश २–०१–००१ त १७७२ नम्बरको ट्रयाक्टर शनिबार दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय शंकर रामको मृत्यु भएको छ । 

दुर्घटनमा गम्भीर घाइते भएका उनको उपचारको लागि श्रमजिवी अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार रहेका ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

कैलालीको टिकापुर नगरपालिका–२ कोठारपुरमा से.६ प ३१८१ नम्बरको मोटरसाइकलको ठक्करबाट शनिबार साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२ विजयनगर शिविर बस्ने ७० वर्षीय भोकारी थारु रहेका छन् । 

ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई टिकापुर अस्पताल हुँदै थप उपचारको लागि कोहलपुर बाँकेतर्फ पठाइएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली मन्दिर नजिक सडकमा प्रदेश २–०१–०३ प ११०० नम्बरको  मोटरसाइकल शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी हनुमाननगर नगरपालिका–४ भारदह बस्ने २२ वर्षीय कैलाश मण्डल रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश