सञ्चिता घिमिरे/भदौ २९, ललितपुर । पाटन दरबार स्क्वायर र सङ्ग्रहालयका बीचमा एकै ठाउँबाट शुल्क लिने गरी ‘सहमतिपत्र’ मा हस्ताक्षर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सञ्चिता घिमिरे/भदौ २९, ललितपुर । पाटन दरबार स्क्वायर र सङ्ग्रहालयका बीचमा एकै ठाउँबाट शुल्क लिने गरी ‘सहमतिपत्र’ मा हस्ताक्षर"/>
२०८३, १२ जेष्ठ मंगलवार
काठमाडौँ - KTM

पाटन दरबार स्क्वायरमा एकद्वार प्रणाली सुरु

२०७३, २९ भाद्र बुधबार ०५:२१

सञ्चिता घिमिरे/भदौ २९, ललितपुर । पाटन दरबार स्क्वायर र सङ्ग्रहालयका बीचमा एकै ठाउँबाट शुल्क लिने गरी ‘सहमतिपत्र’ मा हस्ताक्षर भएको छ । 

मङ्गलबार दुई निकायबीच एकद्वार प्रणालीबाट पर्यटकसँग शुल्क उठाउने गरेर सहमति भएको हो । पाटन सङ्ग्रहालयमा कार्यालयले नै र दरबार स्क्वायरमा उपमहानगरपालिकाले शुल्क उठाउँदै आएको थियो । एकद्वार प्रणाली आगामी असोज १ गतेदेखि लागू हुँदैछ । एकद्वार प्रणालीमा शुल्कमा पनि पर्यटकलाई केही सहज हुनेछ । एक हजार रुपैयाँ तिरेर पर्यटकले दरबार स्क्वायर र सङ्ग्रहालय दुवैको अवलोकन गर्न पाउनेछन् । 

एकद्वार लागू हुँदा पर्यटकलाई सहज हुने पाटन सङ्ग्रहालयका सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “एकै ठाउँबाट शुल्क लिने र शुल्क पनि कम हुँदा पर्यटकलाई सहज हुनेछ ।” पर्यटकले एक हजार रुपैयाँको शुल्क तिरेर सङ्ग्रहालय र दरबार स्क्वायर दुवैको अवलोकन गर्न पाउनेछन् । यसअघि नगरपालिकाले रु ७५० र सङ्ग्रहालयले ४०० रुपैयाँ उठाउँदै आएका थिए । पर्यटकले दुवैगरी जम्मा एक हजार १५० रुपैयाँ तिर्दै आएका थिए । 

पर्यटकलाई झन्झट नहोस् भनेर एकै ठाउँबाट शुल्क लिने गरेर सम्झौता भएको ललितपुर उपमहानगरपालिकाका राजस्व÷प्रशासन महाशाखा प्रमुख डिल्लीराज शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले दुई ठाउँबाट गर्दा हैरान भएकाले पर्यटकलाई एकै ठाउँबाट गर्दा सजिलो हुनेछ ।” 

सार्क क्षेत्रभन्दा बाहिरका पर्यटकले एक हजार रुपैयाँ तिर्नुपर्नेछ भने सार्क क्षेत्रका पर्यटकलाई २५० र सङ्ग्रहालय छिर्नका लागि नेपालीले ३० रुपैयाँ तिर्नुपर्नेछ । विद्यार्थीले विद्यार्थी परिचयपत्रको प्रयोग गरेर १५ रुपैयाँमा सङ्ग्रहालयमा छिर्न सक्ने व्यवस्था मिलाइएको छ । 

यसअघि पाटन आउने पर्यटकले तीन ठाउँमा शुल्क तिर्ने गरेका थिए । दरबार स्क्वायर, सङ्ग्रहालय र गोल्डेन टेम्पलमा गरेर तीन ठाउँमा शुल्क लिने गरेको थियो । तीन ठाउँमा हुँदा पर्यटक हैरान हुने लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “दरबार स्क्वायरमा शुल्क तिरेको भन्दै पर्यटकले सङ्ग्रहालयमा आउँदा तिरिसकेको बताउने गर्दथे ।” अहिले दुई निकायबीच सम्झौता भइसेकाले आगामी दिनमा गोल्डेन टेम्पलसँग पनि सम्झौता हुन सक्ने लाखे बताउनुहुन्छ । 

नगरपालिकाले यसअघि पाटन दरबारमा ठेक्काबाट शुल्क उठाउँदै आएको थियो । सङ्ग्रहालयले भने कर्मचारीबाट नै शुल्क उठाउँदै आएको थियो । आगामी दिनमा एकद्वार प्रणालीबाट शुल्क उठाउँदा कर्मचारीबाट उठाउने गरेर सहमति भएको छ । एकद्वार पर्यटन सेवा शुल्क व्यवस्थापन समितिले थप कर्मचारीको व्यवस्थापन गर्नेछ । यसअघि समितिले नै शुल्क निर्धारण गरेको थियो । 

आयको ७५ प्रतिशत नगरपालिका र १५ प्रतिशत सङ्ग्रहालयले पाउने गरेर सहमति भएको छ । पाँच प्रतिशत प्रशासनिक खर्च र बाँकी पाँच प्रतिशत आय दरबार क्षेत्र मर्मत तथा सुधारमा खर्च हुने सहमति भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा