२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्ला विपद् : अर्बौंको क्षति भएको प्रारम्भिक अनुमान

२०७९, २७ आश्विन बिहीबार ०७:४०

असोज २७, काठमाडौं | अविरल वर्षाका कारण जुम्लामा अर्बौं रुपैयाँको क्षेति भएको प्ररम्भिक अनुमान छ । पहिराेका कारण २२ असोज अपरान्ह ४ः०० बजे कनकासुन्दरी गाउँपालिका-५ जुम्ला बारकोटे गाउँका एकाघरका पाँचसहित सात जनाले ज्यान गुमाएका थिए । 

सोही दिन हिमा गाउपालिका-३ जोगीवाडामा आएको बाढीमा परी एकै घरका दुई जनाको ज्यान गयो । पहिराेले डोल्पादेखि जुम्ला आउँदै गरेकी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत एक छात्राले गुठिचौर गाउँपालिका-१ मणिसँघुमा ज्यान गुमाइन । १९ असोजदेखि टेलिफोन टावर, इन्टरनेट, विद्युत अवरुद्ध हुँदा कहाँ कति धनजनको क्षति भयो भन्ने एकिन अझै भइनसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।


विपद्ले जुम्ला मात्र नभई कर्णालीका दशवटै जिल्लामा बितण्डा मच्चाएको छ । कतै पहिरो, कतै बाढी त कतै चट्याङले अर्बौं रुपैयाँको जनधनको क्षति गरेको छ । सञ्चारका माध्यम अवरुद्ध हुँदा सबै जिल्लाको क्षति लिन मूलतः साविक कर्णालीका पाँच जिल्लाका विपद् व्यवस्थापन समितिहरुलाई समस्या भएको छ ।

पहिरोले कर्णाली राजमार्गलगायत अन्य सहायक मार्ग बन्द हुँदा उद्धार तथा राहतका कार्य गर्न पनि त्यत्तिकै अप्ठ्यारो भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए  । 

यस पटक दसैं मनाएर बाली भित्र्याउने योजना बनाएका यहाँका किसानको मुखको गाँस प्राकृतिक विपद्ले खोसेको छ । २१ असोजमा आएको बाढीले तिला गाउँपालिका-४ साँपुल्ली गाउँमा अवस्थित शेरबहादुर शाही, राईबहादुर शाही, दत्तबहादुर शाही, लंकबहादुर शाही, मीमबहादुर शाही, रतनबहादुर शाही र लालबहादुर सुनार घरमा क्षति पुर्याएको छ । बाढी आएको सूचना गाउँले दिएपछि उनीहरुले घरबाट भागेर ज्यान जोगाउन सफल भए ।

विस्थापित भएका उनीहरूले अहिले छिमेकीको साहारा लिनुपरेको छ । बाढीले विभिन्न परिवारका गरेर करिब एक दर्जन बढी बाख्रा, कुखुरा र खरायो बगाएको पीडित दत्तबहादुर शाहीले बताए ।

यस्तै, फुटाखोला, खानताडो, पानी प्याउन खोलामा आएको बाढीले दुनी, मेहलचुन, धिमधारामा लगाएको सिमी, मकै, कोदो, चिनो, कागुनो बाली नष्ट गरेको छ भने सोही बाढीले झारखेत, मुसीखेत, लिडाला, भुँडाधारा, खोलीखेत, थाम्खोला, मुँडेनी खोला, भूँर र कुनाखेतमा लगाएको सयौं खेतको अन्नबाली पूर्णरुपले नष्ट गरेको स्थानीय पृथ्वीबहादुर शाहीले बताए  ।

विपद्ले जुम्लाका सात गाउँपालिकामा बढी क्षति भएको छ । धनजनको क्षेति कनकासुन्दरी, हिमा र तिला गाउँपालिकाले व्यहोर्नु परेको छ भने तातोपानी गाउँपालिकाको लाक्षु, राँका, बाइराँका ज्यूलो बाढीमा डुबेकाे छ । तिला गाउँपालिकाको घोडासिन बस्ती बढी जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले बताएको छ ।

मार्सी धानबालीमा सबैभन्दा बढी क्षति

अविरल वर्षाले जुम्लामा पाक्नै लागेको मार्सीधानबालीका फाँटमा क्षति पुगेको छ । एक सातादेखि परेको अविरल वर्षाले धानबालीमा क्षति हुँदा यहाँका किसान मर्कामा परेका छन् । 

जिल्लाभरका किसानको धानबाली, सिमीलगायतका बालीमा पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहका कृषि शाखासँगको सहकार्यमा कृषि विकास कार्यालयले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले  बताए । 


वर्षाले खेतमा पाक्नै लागेको धान ढालेपछि किसान चिन्तित छन् । भित्र्याउने बेलाको धानबाली ढलेर खेतमै दाना झरेको छ । पाकेको बाली घर भित्र्याउने समयमा वर्षाले क्षति गरेपछि यहाँका किसानलाई वर्षभरि पुग्ने अन्न संकट हुने स्थानीय  जयशंखर धितालले बताए । उनले भने, 'हाम्रो १४ भारी मार्सी धानसहित खेत बगाएको छ ।' 

त्यस्तै धेरैजसो सिञ्जा क्षेत्रमा धानबालीमा क्षति गरेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, 'पालिकाको धान उत्पादन हुने ठाउँका सबै खेतबारी बगरमा परिणत भएको छ ।' यस्तै, तिला गाउँपालिकाको नुवाकोट, कुडारी र सापुल्ली क्षेत्रका खेतबारीमा लगाएको धानबाली पूर्णरुपमा क्षति गरेको पुगेको छ । 


जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लामा दुई हजार नौ सय ५० हेक्टरमा धानखेती गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहमा धानखेती हुन्छ । कृषि बालीमा भएको क्षेतीको एकिन विवरण संकलन गर्न जिल्ला प्रशासनले  सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु