2026-10-02 02:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर ‘निर्दोष’

माघ १३, विराटनगर | कोशी अस्पतालका डाक्टरले जीवित शिशुलाई मृत घोषणा गरेको घटनाको विषयमा छानबिन गर्न गठित समितिले अस्पताल र चिकित्सकले लापरबाही नगरेको प्रतिवेदन पेश गरेको छ । 

समितिले उक्त प्रतिवेदन अस्पताल प्रशासनलाई बिहीबार बुझाएको छ । जीवित शिशुलाई मृत्यु भएको बताएपछि आफन्त, चिकित्सक र अस्पतालबीच एक साता अगाडि तनाव उत्पन्न भएको थियो ।

उक्त तनावपछि अस्पताल प्रशासनले सोही अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको संयोजकत्वमा, डा. सूर्यकान्त चौधरी र अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालसहितको छानबिन समिति गठन गरेको थियो । समितिले अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवलाई प्रतिवेदन बुझाएको हो । 

समितिले बुझाएको प्रतिवेदनमा चिकित्सक र स्वास्थ्यकर्मीहरु गम्भीर दोषी नरहेको निष्कर्ष रहेको छ । यससँगै उपचारमा संलग्न चिकित्सक आकाश यादव र पारामेकिकल अफिसर टीका अधिकारी र लक्ष्मण माझीको लापरबाही नदेखिएकाले कामकाजमा खटिने अस्पतालका सूचना अधिकारी नेपालले बताए ।

‘शिशुलाई इमरजेन्सी वार्डमा देखाउँदा अक्सिजनको लेभल एकदमै न्यून रहेका कारण बच्चीको मुटुको चाल अन्त्यता कमजोर भएको उपचार संलग्न चिकित्सकले भनेको रहेछन् । चिकित्सकले बच्चाको चाल नभएको बताएपछि आफन्तले तत्कालै दाहसंस्कारका लागि घर लगेका रहेछन् । चिकित्सकले बच्चाको मृत्यु भयो भनेर भनेका रहेनछन्, यो कुरा शिशुका बुबाले पनि स्वीकार गरिसकेका छन् । अत्तालिएका आफन्तले बच्चा मरेको ठानेर तत्काल लिएर गएछन्,’ छानबिन प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदन बनाउँदा पीडित, चिकित्सक र स्वास्थ्यकर्मीलगायत  सबै पक्षको भनाइ समटिएको छ । शिशुका बुबाले चिकित्सकको केही दोष नभएको पनि बताएको छानबिन समितिमा सदस्य तथा अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले बताए । 

चिकित्सकले बच्चाको चाल नभएको भनेपछि उनीहरूले दाहसंस्कार गर्ने उद्देश्यका साथ घर पु¥याएका थिए । घर पुगेको पाँच मिनेटपछि शिशुको पेट चल्न थालेको र लगत्तै गोल्डेन अस्पताल लगिएको प्रतिवेदनमा उल्लेख छ ।

तर, एक सातापछि मंगलबार बिहान साढे १० बजे शिशुको मृत्यु भएको थियो । मृत्युपछि उपचार खर्च बुझाएर आफन्तले सद्गदसमेत गरिसकेका छन् ।

शिशुमा सेतो तथा रातो रगतको कमी, निमोनिया, मिर्गौलाले काम नगरेको तथा इन्फेक्सन बढेकोलगायतका समस्या देखिएको थियो । आगामी दिनमा भने चिकित्सकले सचेत भई गम्भीर रूपमा काम गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ । 

श्वास प्रश्वासमा समस्या भएपछि मोरङको जहदा गाउँपालिका–३ भातिगन्जकी खुसी मुखियालाई जीवितै रहेको अवस्थामा अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. आकाश यादवसहित अस्पतालका पारामेडिकल अफिसर टीका अधिकारी र लक्ष्मण माझीले एक हप्ता अगाडि (गत बिहीबार बिहान) मृत घोषणा गरेको आरोप लागेको थियो  । जीवित शिशुलाई मृत घोषणा गरेर गम्भीर लापरबाही गरेको भन्दै आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि हातपातसमेत गरेका थिए । घटनालगत्तै डा. प्रवीण झाको संयोजकत्वमा तीन सदस्य समिति गठन भएको थियो । 

सो समितिले जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई प्रतिवेदन नआउन्जेलसम्मका लागि काम–काजमा रोक लगाएको थियो । अस्पतालका पारामेडिकल अफिसर टीका अधिकारी र लक्ष्मण माझी तथा चिकित्सक आकाश यादवलाई २४ घण्टे स्पष्टीकरण माग गर्दै काममा रोक लगाइएको थियो ।

प्रतिवेदन बुझेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले बताए । मन्त्रालयले प्रतिवेदन हेरेपछि दिने निर्देशनअनुसार अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग