असोज १०, काठमाडौँ । नेपालको थ्रीस्टार क्लब ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

भार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १०, काठमाडौँ । नेपालको थ्रीस्टार क्लब ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

भार"/>

२० चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थ्रीस्टार समूह विजेता बन्दै सेमिफाइनलमा

१० आश्विन २०७३, सोमबार ०६:१९


असोज १०, काठमाडौँ । नेपालको थ्रीस्टार क्लब ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

भारतको गुवाहाटीस्थित नेहरु स्टेडियममा आइतबार अबेर राति भएको खेलमा घरेलु टोली सिलोङ लाजोङ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै थ्रीस्टार समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टारले यसअघि एक जित रु एक बराबरीका साथ सेमिफाइनल पक्का गरेको थियो । समूह ‘ए’को अन्तिम निर्णायक खेलमा ल्याएको बराबरीको नतिजाले थ्रीस्टारलाई समूह विजेता बनाएको हो । 

उक्त खेल बराबरीले सिलोङ लाजोङलाई पनि समूह उपविजेताको रुपमा सेमिफाइनलमा पु¥याएको छ । एक गोलले पछि परेको अवस्थामा मिडफिल्डर सुनिल बलको फ्रिकिकमा निराजन खड्काले हेड गोल गर्दै थ्रीस्टारलाई समूह बिजेता बनाए । खेलको ७५ औँ मिनेटमा उनले गोल गरेका हुन् । 

खेलमा अग्रता भने २७ औँ मिनेटमा सिलोङ लाजोङले मिलन बासुमातरीको गोलबाट लिएको थियो । रिवाउन्ड भएको बल सरोज दाहालले क्लियर गर्न नसकेपछि सिलोङले खेलमा अग्रता बनाएको थियो । 

त्यसपछि खेलको ३३ आँै मिनेटमा पेनाल्टीमार्फत खेलमा फर्कने थ्रीस्टारले अवसर पाएको थियो । तर विमल घर्तीमगर गोल गर्न चुकेपछि थ्रीस्टार पहिलो हाफमै बराबरी गर्नबाट चुकेको थियो । 

थ्रीस्टारले सेमिफाइनलको खेल आगामी बुधबार खेल्नेछ । प्रतिद्वन्द्वीको टुङ्गो आज हुने समूह ‘बि’अन्र्तगतको लिग चरणको अन्तिम खेलले लगाउने छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा बरादम भएको २५ करोडको वास्तविक मालिक पहिचान कुलमान र हितेन्द्रको रिट दोस्रो दिन पनि ‘हेर्दाहेर्दै’मा प्रहरी नै भन्छ- तीनकुने घटनामा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो मकवानपुरमा भीरबाट खस्यो सुमो, ९ जना घाइते पार्टीको झण्डा ओडाएर नेता बोहोराकाे अन्तिम श्रद्धाञ्जली मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ दिने सरकारको निर्णय प्रहरीको स्पष्टीकरण– उत्तेजित भिडलाई नियन्त्रणमा लिन तीनकुनेमा गोली चलायौँ भारत गुजरातको पटाका गोदाममा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो पत्रकार सुरेशकाे पोस्टमार्टम रिपोर्ट- ‘शरीर जलेर, फोक्सोमा धुवाँको मुस्लो छिरेको पाइयो, गोली लागेको छैन’ मञ्चमा ज्ञानेन्द्रको जत्रै दुर्गा प्रसाईंको फोटो देखेपछि टाप कसिहालेँ- राप्रपा उपाध्यक्ष तामाङ म्यानमारमा भूकम्पबाट अहिलेसम्म २८८६ जनाको मृत्यु  रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि लगिँदै तीनकुने प्रदर्शनमा ज्यान गुमाएका रजकको पोस्टमार्टम जारी पानीको बोतल छोएको भन्दै शिक्षकद्वारा दलित विद्यार्थीको औंला भाँचियो नेपाल र थाइल्याण्डबीच यी ८ समझदारीपत्रमा हस्ताक्षर तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न थप १८ जना पक्राउ राजावादी समर्थकको आगजनीबाट जडीबुटी कम्पनीमा २८ करोड बराबरको क्षति प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच थाइल्यान्डमा भेट पक्का तीनकुने घटना : ५४ प्रहरी डिस्चार्ज, १३ घाइते उपचाररत सगरमाथा आधार शिविरमा एक श्रमिकको मृत्यु