असोज १३, काठमाडौ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्स कान्तिपुर गोर्खाजलाई १५ रनले प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १३, काठमाडौ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्स कान्तिपुर गोर्खाजलाई १५ रनले प"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इपिएल टी–ट्वान्टी क्रिकेटः कलर्स एक्स फ्याक्टर्सबाट कान्तिपुर पराजित

२०७३, १३ आश्विन बिहीबार १३:२०

असोज १३, काठमाडौ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्स कान्तिपुर गोर्खाजलाई १५ रनले पराजित गर्दै विजयी भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको कलर्सले २० ओभरमा आठ विकेट गुमाउदै १२४ रन जोड्यो । कलर्सका ब्याट्सम्यान योगेन्द्रसिंह कार्कीले ३० रन जोडे भने कप्तान ज्ञानेन्द्र मल्लले २० तथा अमर रौतेलाले १६ रनको योगदान दिए । 

कान्तिपुरका वसन्त रेग्मी र ललितसिंह भण्डारीले समान दुई ÷दुई विकेट लिए भने ललित राजवंशी र आकाश विष्टले समान एक÷ एक विकेट लिए । 

त्यसैगरी कलर्सले दिएको १२५ रनको विजय लक्ष्यलाई पछ्याएको कान्तिपुर भने निर्धारित २० ओभरमा सात ७ विकेट गुमाउँदै १०९ रनमा समेटियो । कान्तिपुरका लागि प्रदीप ऐरीले ३१, रेग्मीले २५ तथा अन्तिम थापाले ३० रनको योगदान दिए तापनि त्यो जितको लागि पर्याप्त भएन । 

कान्तिपुरलाई १०९ रनमा समेट्ने क्रममा कलर्सका अमर रौतेलाले तीन तथा अविनाश कर्णले दुई विकेट लिए । त्यसैगरी योगेन्द्रसिंह कार्की र हरिशङ्कर शाहले समान एक÷एक विकेट लिए । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा पञ्चकन्या तेजले सगरमाथा लेजेन्ड्सलाई ४९ रनको विशाल अन्तरले हराएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको पञ्चकन्याले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८५ रनको विशाल योगफल तयार पा¥यो । जवाफी ब्याटिङमा आएको सगरमाथा १७.४ ओभरमै अलआउट हुँदै १३६ रनमा समेटियो । पञ्चकन्याको जितमा करण केसीले अर्धशतकीय पारी खेल्दै ५२ रन बनाए । त्यस्तै पृथु बाँस्कोटाले ३८, कप्तान शरद् भेषवाकरले ३० तथा कुशल भुर्तेलले २२ रन बनाएपछि पञ्चकन्याको जित सहज भयो । 

यता सगरमाथाका मेहबुब आलमले सर्वाधिक २३ रन तथा विक्रम सोबले दुई विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् । जारी लिगमा चार खेलमा सबै जित हासिल गरेको पञ्चकन्या प्रतियोगिताको फाइनलमा पुगेको छ भने सबै खेल हारेको सगरमाथा बाहिरिसकेको छ । 

आजै भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्सले कान्तिपुर गोर्खाजलाई १५ रनले पराजित गरेको थियो । प्रतियोगिताअन्तर्गत बिहीबार जगदम्बा राइनोजविरुद्ध कलर्स एक्स फ्याक्टर्स तथा विशाल वारियर्सविरुद्ध पञ्चकन्या तेज भिड्नेछन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना