असोज १३, काठमाडौ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्स कान्तिपुर गोर्खाजलाई १५ रनले प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १३, काठमाडौ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्स कान्तिपुर गोर्खाजलाई १५ रनले प"/>
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इपिएल टी–ट्वान्टी क्रिकेटः कलर्स एक्स फ्याक्टर्सबाट कान्तिपुर पराजित

१३ आश्विन २०७३, बिहीबार १३:२०

असोज १३, काठमाडौ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्स कान्तिपुर गोर्खाजलाई १५ रनले पराजित गर्दै विजयी भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको कलर्सले २० ओभरमा आठ विकेट गुमाउदै १२४ रन जोड्यो । कलर्सका ब्याट्सम्यान योगेन्द्रसिंह कार्कीले ३० रन जोडे भने कप्तान ज्ञानेन्द्र मल्लले २० तथा अमर रौतेलाले १६ रनको योगदान दिए । 

कान्तिपुरका वसन्त रेग्मी र ललितसिंह भण्डारीले समान दुई ÷दुई विकेट लिए भने ललित राजवंशी र आकाश विष्टले समान एक÷ एक विकेट लिए । 

त्यसैगरी कलर्सले दिएको १२५ रनको विजय लक्ष्यलाई पछ्याएको कान्तिपुर भने निर्धारित २० ओभरमा सात ७ विकेट गुमाउँदै १०९ रनमा समेटियो । कान्तिपुरका लागि प्रदीप ऐरीले ३१, रेग्मीले २५ तथा अन्तिम थापाले ३० रनको योगदान दिए तापनि त्यो जितको लागि पर्याप्त भएन । 

कान्तिपुरलाई १०९ रनमा समेट्ने क्रममा कलर्सका अमर रौतेलाले तीन तथा अविनाश कर्णले दुई विकेट लिए । त्यसैगरी योगेन्द्रसिंह कार्की र हरिशङ्कर शाहले समान एक÷एक विकेट लिए । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा पञ्चकन्या तेजले सगरमाथा लेजेन्ड्सलाई ४९ रनको विशाल अन्तरले हराएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको पञ्चकन्याले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८५ रनको विशाल योगफल तयार पा¥यो । जवाफी ब्याटिङमा आएको सगरमाथा १७.४ ओभरमै अलआउट हुँदै १३६ रनमा समेटियो । पञ्चकन्याको जितमा करण केसीले अर्धशतकीय पारी खेल्दै ५२ रन बनाए । त्यस्तै पृथु बाँस्कोटाले ३८, कप्तान शरद् भेषवाकरले ३० तथा कुशल भुर्तेलले २२ रन बनाएपछि पञ्चकन्याको जित सहज भयो । 

यता सगरमाथाका मेहबुब आलमले सर्वाधिक २३ रन तथा विक्रम सोबले दुई विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् । जारी लिगमा चार खेलमा सबै जित हासिल गरेको पञ्चकन्या प्रतियोगिताको फाइनलमा पुगेको छ भने सबै खेल हारेको सगरमाथा बाहिरिसकेको छ । 

आजै भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्सले कान्तिपुर गोर्खाजलाई १५ रनले पराजित गरेको थियो । प्रतियोगिताअन्तर्गत बिहीबार जगदम्बा राइनोजविरुद्ध कलर्स एक्स फ्याक्टर्स तथा विशाल वारियर्सविरुद्ध पञ्चकन्या तेज भिड्नेछन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला