कात्तिक २, नवलपरासी | नवलपरासीमा जारी राईनो गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा लालबन्दि स्पोर्ट्स क्लब सर्लाही विजयी बनेको छ । सर्लाहीले आयोजक चितवन र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २, नवलपरासी | नवलपरासीमा जारी राईनो गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा लालबन्दि स्पोर्ट्स क्लब सर्लाही विजयी बनेको छ । सर्लाहीले आयोजक चितवन र"/>
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा जारी राईनो गोल्ड कप फुटबलमा लालबन्दिको विजयी सुरुवात

२ कार्तिक २०७३, मंगलवार १३:५५

कात्तिक २, नवलपरासी | नवलपरासीमा जारी राईनो गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा लालबन्दि स्पोर्ट्स क्लब सर्लाही विजयी बनेको छ । सर्लाहीले आयोजक चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितीलाई १-२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । 

लालबन्दिको बिजयी सुरुवातको लागि खेलको १६ औ मिनेटमा उज्वल भण्डारीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए भने दोश्रो हाफको ५० औ मिनेटमा आयोजक मध्यवर्तीका राजेश ठकुरीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर खेलको ७४ औं मिनेटमा लालबन्दिका सोनम लामाले फेरी अर्को गोल आयोजक तर्फ हान्दा लालबन्दिले अग्रता लिंदै खेल जित्न सफल बन्यो । 

अब राईनो गोल्ड कप अन्तर्गत अर्को खेल बुधबार योङ स्टार क्ल्ब नवलपरासी र कास्की ११ बिच हुने आयोजकले जनाएको छ । गैडा संरक्षणका लागि जनचेतना जगाउने उदेश्यले नवलपरासीको कोल्हुवामा सुरु भएको राष्ट्रिय स्तरको राईनो गोल्ड कप फुटबल प्रतियोगीतामा नवलपरासी, चितवन, रुपन्देही, काठमाण्डौसहित देशभरिका १२ वटा टिमको सहभागिता छन् । मोफसलकै धेरै राशि रहेको राईनो संरक्षण राईनो गोल्ड कप फुटबल प्रतियोगीतामा प्रथम हुनेले नगद ३ लाख २५ हजार ५ सय ५५ रुपैया, प्रमाण पत्र र मेडल प्राप्तको साथै १ दिने अमलटारी होमस्टे बसाई गर्ने पाउनेछन, भने दित्तिय  हुनेले नगद  १ लाख ६५ हजार ५ सय ५५ रुपैया प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला