विजय थापा/क्कात्तिक ६, वाशिंगटन डिसी l नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का ,बसन्त रेग्मी , शरद भेषावकर ,सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडीहरु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा/क्कात्तिक ६, वाशिंगटन डिसी l नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का ,बसन्त रेग्मी , शरद भेषावकर ,सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडीहरु"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका राष्ट्रिय क्रिकेट खेलाडी क्रिकेट खेल्न अमेरिका आउने

२०७३, ६ कार्तिक शनिबार ०२:०४

विजय थापा/क्कात्तिक ६, वाशिंगटन डिसी l नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का ,बसन्त रेग्मी , शरद भेषावकर ,सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडीहरु क्रिकेट खेल्न अमेरिका आउने भएका छन् l 

उनीहरु अमेरिकाको टेक्सास राज्यको हुस्टनमा हुने प्रतियोगिताको लागि सात सदस्यीय टोलि आउने निश्चित भएको छ l आगामी नोवेम्बर को ९ देखि १३ तारिख सम्म आयोजना हुने प्रतिस्प्रद्धात्मक खेलमा सहभागी जनाउने भएका छन् l उक्त खेल टोलीलाई पूर्णता दिन अमेरिकामा रहेका नेपाली राइनोज क्रिकेट क्लबका खेलाडीहरुले साथ दिने भएका छन् l 

यसको अतिरिक्त राष्ट्रिय खेलाडीको अमेरिका आगमन संगै अक्टोबर ३० तारिखमा डीसी महानगर क्षेत्रको भर्जिनियामा कप्तान पारस खड्का ,सिद्धान्त लोहनी तथा बसन्त खड्का संग भेटघाट तथा स्वागत कार्यक्रम राखिएको छ l यसको अतिरिक्त क्रिकेट खेलाडीहरु घाइते भएमा सहयोग गर्ने हेतुले केहि राहत कोष वृद्धि कार्यक्रम समेत राखिएको छ l 

आयोजकले राष्ट्रका गौरब र शिर उच्च बनाउन सफल नेपालका चर्चित राष्ट्रिय क्रिकेटहरुलाई हौशला दिन डीसी महानगर क्षेत्रका सबै नेपाली समुदायलाई आग्रह गरेको छ l 

यसको साथै नोवेम्बर ६ तारिख मेरिल्याण्ड राज्यको हयात्सभिलमा घाइते राहत कोष  वृद्धिको साथै नेपाली राइनोस क्रिकेट कल्बका बिरुद्ध वाशिंगटन क्रिकेट क्लबका सबै खेलाडीहरु बीच मैत्रीपूर्ण तथा च्यारिटी (परोपकार) क्रिकेट खेल हुने तय भएको छ l 

उक्त खेलमा बिशेष खानाको प्रबन्ध गरिनु को साथै सांगीतिक माहौलको साथमा क्रिकेट खेल हुने आयोजक नेपाल राइनोज क्रिकेट टिम ले जनाएको छ l कार्यक्रमको तारतम्य ,व्यवस्थापन तथा सम्पूर्ण रेखदेख थ्री ई इन्टरटेनमेन्ट तथा मेरिल्याण्डका हामी नेपालीको सहकार्यमा हुने भएको छ l 

प्रतियोगिताको मुख्य उद्देस्य नेपालका क्रिकेट खेलाडीलाई अमेरिकाको भ्रमण गराई घाइते राहत कोषको वृद्धि गर्नु रहेको आयोजकले बताएका छन् l यसको साथै थ्री ई इन्टरटेनमेन्टले कार्यक्रम बाट उठेको आर्थिक आम्दानी तथा खर्च कटाएर बचत भएको रकम राहत कोषमा जाने बताएको छ l 

आयोजक ,नेपाली राइनोज क्रिकेट कल्ब नेपालका भूतपूर्व राष्ट्रिय खेलाडीहरुको पहलमा नेपालका क्रिकेट खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने हेतुले स्थापना गरिएको हो l यस्को लागि  राइनोस क्रिकेट कल्ब गैर मुनाफा सामाजिक संस्था युएसए नेपाल कम्युनिटि आउटरिच नेटवर्क ,टेक्सास नेपाली समाज ,डलास एवेरेस्ट लाइन्स कल्ब तथा अन्य नेपाली गैर मुनाफा सामाजिक संस्था संग सहकार्य गर्दै अभियानलाई सफल बनाउने प्रतिबद्धता लिएको छ l 

हुस्टनमा नोवेम्बर ९ देखि हुने खेलको लागि नेपाल ,युएई ,बेलायत ,पाकिस्तान तथा अमेरिकाका अन्य क्लबहरुको सहभागिता रहने छ l उक्त टि -२० नामक प्रतियोगिता ५ दिन चल्ने छ l 

पहिलो दिन नोवेम्बर ९ तारिख नेपाली राइनोज बिरुद्ध बेलायत भिड्ने छन् भने नोवेम्बर १० तारिख नेपाल राइनोज बिरुद्ध युएई खेल्ने छन् l यस्तै गरि नोवेम्बर ११ तारिख नेपाली राइनोज बिरुद्ध न्युजर्सी समरसेट भिड्ने छन् l नोवेम्बर १२ तारिख तथा १३  तारिख सेमी फाइनल तथा नोवेम्बर १३ तारिख अन्तिम खेल (फाइनल) हुने भएको छ l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ