विजय थापा/क्कात्तिक ६, वाशिंगटन डिसी l नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का ,बसन्त रेग्मी , शरद भेषावकर ,सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडीहरु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा/क्कात्तिक ६, वाशिंगटन डिसी l नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का ,बसन्त रेग्मी , शरद भेषावकर ,सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडीहरु"/>
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका राष्ट्रिय क्रिकेट खेलाडी क्रिकेट खेल्न अमेरिका आउने

६ कार्तिक २०७३, शनिबार ०२:०४

विजय थापा/क्कात्तिक ६, वाशिंगटन डिसी l नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का ,बसन्त रेग्मी , शरद भेषावकर ,सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडीहरु क्रिकेट खेल्न अमेरिका आउने भएका छन् l 

उनीहरु अमेरिकाको टेक्सास राज्यको हुस्टनमा हुने प्रतियोगिताको लागि सात सदस्यीय टोलि आउने निश्चित भएको छ l आगामी नोवेम्बर को ९ देखि १३ तारिख सम्म आयोजना हुने प्रतिस्प्रद्धात्मक खेलमा सहभागी जनाउने भएका छन् l उक्त खेल टोलीलाई पूर्णता दिन अमेरिकामा रहेका नेपाली राइनोज क्रिकेट क्लबका खेलाडीहरुले साथ दिने भएका छन् l 

यसको अतिरिक्त राष्ट्रिय खेलाडीको अमेरिका आगमन संगै अक्टोबर ३० तारिखमा डीसी महानगर क्षेत्रको भर्जिनियामा कप्तान पारस खड्का ,सिद्धान्त लोहनी तथा बसन्त खड्का संग भेटघाट तथा स्वागत कार्यक्रम राखिएको छ l यसको अतिरिक्त क्रिकेट खेलाडीहरु घाइते भएमा सहयोग गर्ने हेतुले केहि राहत कोष वृद्धि कार्यक्रम समेत राखिएको छ l 

आयोजकले राष्ट्रका गौरब र शिर उच्च बनाउन सफल नेपालका चर्चित राष्ट्रिय क्रिकेटहरुलाई हौशला दिन डीसी महानगर क्षेत्रका सबै नेपाली समुदायलाई आग्रह गरेको छ l 

यसको साथै नोवेम्बर ६ तारिख मेरिल्याण्ड राज्यको हयात्सभिलमा घाइते राहत कोष  वृद्धिको साथै नेपाली राइनोस क्रिकेट कल्बका बिरुद्ध वाशिंगटन क्रिकेट क्लबका सबै खेलाडीहरु बीच मैत्रीपूर्ण तथा च्यारिटी (परोपकार) क्रिकेट खेल हुने तय भएको छ l 

उक्त खेलमा बिशेष खानाको प्रबन्ध गरिनु को साथै सांगीतिक माहौलको साथमा क्रिकेट खेल हुने आयोजक नेपाल राइनोज क्रिकेट टिम ले जनाएको छ l कार्यक्रमको तारतम्य ,व्यवस्थापन तथा सम्पूर्ण रेखदेख थ्री ई इन्टरटेनमेन्ट तथा मेरिल्याण्डका हामी नेपालीको सहकार्यमा हुने भएको छ l 

प्रतियोगिताको मुख्य उद्देस्य नेपालका क्रिकेट खेलाडीलाई अमेरिकाको भ्रमण गराई घाइते राहत कोषको वृद्धि गर्नु रहेको आयोजकले बताएका छन् l यसको साथै थ्री ई इन्टरटेनमेन्टले कार्यक्रम बाट उठेको आर्थिक आम्दानी तथा खर्च कटाएर बचत भएको रकम राहत कोषमा जाने बताएको छ l 

आयोजक ,नेपाली राइनोज क्रिकेट कल्ब नेपालका भूतपूर्व राष्ट्रिय खेलाडीहरुको पहलमा नेपालका क्रिकेट खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने हेतुले स्थापना गरिएको हो l यस्को लागि  राइनोस क्रिकेट कल्ब गैर मुनाफा सामाजिक संस्था युएसए नेपाल कम्युनिटि आउटरिच नेटवर्क ,टेक्सास नेपाली समाज ,डलास एवेरेस्ट लाइन्स कल्ब तथा अन्य नेपाली गैर मुनाफा सामाजिक संस्था संग सहकार्य गर्दै अभियानलाई सफल बनाउने प्रतिबद्धता लिएको छ l 

हुस्टनमा नोवेम्बर ९ देखि हुने खेलको लागि नेपाल ,युएई ,बेलायत ,पाकिस्तान तथा अमेरिकाका अन्य क्लबहरुको सहभागिता रहने छ l उक्त टि -२० नामक प्रतियोगिता ५ दिन चल्ने छ l 

पहिलो दिन नोवेम्बर ९ तारिख नेपाली राइनोज बिरुद्ध बेलायत भिड्ने छन् भने नोवेम्बर १० तारिख नेपाल राइनोज बिरुद्ध युएई खेल्ने छन् l यस्तै गरि नोवेम्बर ११ तारिख नेपाली राइनोज बिरुद्ध न्युजर्सी समरसेट भिड्ने छन् l नोवेम्बर १२ तारिख तथा १३  तारिख सेमी फाइनल तथा नोवेम्बर १३ तारिख अन्तिम खेल (फाइनल) हुने भएको छ l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला