विजय थापा | वाशिंगटन डिसी | अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित खेलाडीको टोलि निर्माण गर्ने छनौट प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा | वाशिंगटन डिसी | अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित खेलाडीको टोलि निर्माण गर्ने छनौट प्"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली अमेरिकन फुटबल टोलि गठन प्रकृया सुरु

११ कार्तिक २०७३, बिहीबार ०५:०९

विजय थापा | वाशिंगटन डिसी | अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित खेलाडीको टोलि निर्माण गर्ने छनौट प्रक्रिया शुभारम्भ भएको छ l 

नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा भाग लिनको लागि खेलाडीको छनौट प्रक्रियालाई अगाडी बढाउदै करिब ३ हप्ता भित्र नेपाली अमेरिकन फुटबल टोलि एक सशक्त टोलि निर्माण गरिने भएको छ l 

लामो समय देखि अमेरिकाको राष्ट्रिय स्तरको फुटबल टोलि निर्माण गर्ने योजना बोकेर हिडेको अमेरिकाको नेपाली समुदायको चिर परिचित सामाजिक सँस्था दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए )को सपना अन्तत्वगत्वा साकार भएको छ l 

अमेरिकामा जन्मेका दोश्रो पुस्ताका खेलाडी तथा नेपाली मुलका सबै ईक्षुक खेलाडिहरुलाई हरेक राज्य बाट सहभागी हुन् आब्हान गरिएको छ भने अमेरिकाको राष्ट्रिय स्तरको फुटबल टोलिको निर्माण गर्ने जिम्मेबारी टेक्सासमा बसोबास गरि रहेका नेपालका भूतपूर्व राष्ट्रिय खेलाडी उमेश प्रधानलाई दिइएको छ l 

प्रधान छनौट प्रक्रिया समितिका प्रमुख रहेका छन् भने उनि लगायत सात सदस्यीय समिति निर्माण गरिएको छ l समिति सदस्यहरुमा दिपक अमात्य न्युह्याम्प सायर: अदिप रोका, मेरील्याण्ड: सुरज थापा डिसी, कुमार शेरचन, न्युयोर्क: वाङ्ग्ला लामा र बिनोद बिष्ट टेक्सास रहेका छन् l 

नेपाली अमेरिकन फुटबल टोलि गठन प्रक्रियालाई एनएनएको तर्फबाट एनएनए खेलकुद संयोजक चन्द्र लामाले समन्यव गर्ने भएका छन् l सम्पूर्ण खेलाडीहरुको खर्च यस परियोजनाका परियोजना प्रबन्धक मुकुन्द ढुंगानाले व्यवस्थापन गर्ने भएको जानकारी लामाले दिएका छन् l 

यसै गरि एन्फा को निमन्त्रणामा नेपाली अमेरिकन फुटबल टोलि नेपाल प्रस्थान गर्ने लामाले बताए भने नेपालको सम्पूर्ण खान, बस्न तथा स्थानीय यातायातको खर्च आयोजक समितिले बेहोर्ने बताए l 

यस छनौट प्रक्रियामा सबैलाई अवसर दिइने लामाले बताउदै छनौट प्रक्रिया समाप्त पछि अन्तिम चरणमा पुगेका खेलाडीलाई करिब एक महिनाको बन्द शिबिर डीसीमा गराइने भएको छ l अमेरिकामा जन्मिएका दोश्रा पुस्ताका खेलाडीहरु खेल खेल्न मातृभूमि जान अवसर पाइने भएकोले उत्साहित हुने विश्वास गरिएको छ l   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता