कात्तिक २३, काठमाडौँ । नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

मलेसियाको कुचिङस्थित सार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २३, काठमाडौँ । नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

मलेसियाको कुचिङस्थित सार"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्रुनाईलाई हराउँदै नेपाल एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा

२३ कार्तिक २०७३, मंगलवार १५:००


कात्तिक २३, काठमाडौँ । नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा भर्खरै सम्पन्न समूह चरणको अन्तिम खेलमा ब्रुनाईलाई ३–० को फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । 

नेपालको जितमा नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्ती मगरले समान एक–एक गोल गरे । पहिलो हाफमै नेपाललाई अग्रता दिलाउने क्रममा नवयुगले अन्त्यतिर अर्थात् ४६ औँ मिनेटमा गोल गरेका थिए । 

उनले रिवान्डमा आएको बल सदुपयोग गर्दै पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । यसअघि पनि नेपालले गोलका केही राम्रा अवसर गुमाएको थियो । 

दोस्रो हाफमा पनि आक्रामक खेल जारी राखेको नेपालका लागि भरतले ७२औँ तथा विमलले ८०औँ मिनेटमा गोल थप्दै टोलीको जित प्रभावशाली बनाए । आजको खेलमा नेपालले बराबरी गरे मात्र पनि सेमिफाइनलमा पुग्ने थियो । तर समूह विजेता बन्न स्पष्ट जितको खाँचो थियो, जो नेपाली खेलाडीले दिलाए । 

शनिबार भएको आफ्नो पहिलो खेलमा नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको थियो । सो समूहमा रहेका पाकिस्तान र बङ्गलादेशले प्रतियोगिताको अन्तिम समयमा नाम फिर्ता लिएपछि तीन टोली मात्र सहभागी थिए । सोलिडारिटी कप एएफसीले आफ्ना कमजोर सदस्य राष्ट्रका लागि आयोजना गरेको प्रतियोगिता हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो