कात्तिक २३, काठमाडौँ । नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

मलेसियाको कुचिङस्थित सार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २३, काठमाडौँ । नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

मलेसियाको कुचिङस्थित सार"/>

२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्रुनाईलाई हराउँदै नेपाल एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा

२०७३, २३ कार्तिक मंगलवार १५:००


कात्तिक २३, काठमाडौँ । नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा भर्खरै सम्पन्न समूह चरणको अन्तिम खेलमा ब्रुनाईलाई ३–० को फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । 

नेपालको जितमा नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्ती मगरले समान एक–एक गोल गरे । पहिलो हाफमै नेपाललाई अग्रता दिलाउने क्रममा नवयुगले अन्त्यतिर अर्थात् ४६ औँ मिनेटमा गोल गरेका थिए । 

उनले रिवान्डमा आएको बल सदुपयोग गर्दै पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । यसअघि पनि नेपालले गोलका केही राम्रा अवसर गुमाएको थियो । 

दोस्रो हाफमा पनि आक्रामक खेल जारी राखेको नेपालका लागि भरतले ७२औँ तथा विमलले ८०औँ मिनेटमा गोल थप्दै टोलीको जित प्रभावशाली बनाए । आजको खेलमा नेपालले बराबरी गरे मात्र पनि सेमिफाइनलमा पुग्ने थियो । तर समूह विजेता बन्न स्पष्ट जितको खाँचो थियो, जो नेपाली खेलाडीले दिलाए । 

शनिबार भएको आफ्नो पहिलो खेलमा नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको थियो । सो समूहमा रहेका पाकिस्तान र बङ्गलादेशले प्रतियोगिताको अन्तिम समयमा नाम फिर्ता लिएपछि तीन टोली मात्र सहभागी थिए । सोलिडारिटी कप एएफसीले आफ्ना कमजोर सदस्य राष्ट्रका लागि आयोजना गरेको प्रतियोगिता हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला