कात्तिक २७, पोखरा । नेपाल टेलिकम पोखरा शाखा र नेपाल खेलकुद पत्रकार मंचबीच सम्पन्न २०/२० मैत्रिपूर्ण क्रिकेट खेलमा मंचले रोमाञ्चक जित हासिल गरेको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २७, पोखरा । नेपाल टेलिकम पोखरा शाखा र नेपाल खेलकुद पत्रकार मंचबीच सम्पन्न २०/२० मैत्रिपूर्ण क्रिकेट खेलमा मंचले रोमाञ्चक जित हासिल गरेको छ ।

"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मैत्रिपूर्ण क्रिकेट खेलमा खेलकुद पत्रकार मंच बिजयी

२०७३, २७ कार्तिक शनिबार १२:५९


कात्तिक २७, पोखरा । नेपाल टेलिकम पोखरा शाखा र नेपाल खेलकुद पत्रकार मंचबीच सम्पन्न २०/२० मैत्रिपूर्ण क्रिकेट खेलमा मंचले रोमाञ्चक जित हासिल गरेको छ ।

पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा सम्पन्न खेलमा टस हारेर वेटिङ गरेको मंचले १३ ओभरमा सवै विकेट गुमाउँदै ५४ रन बनाएको थियो । 

मंचको तफबाट विनोद लामिछानेले सर्वा्धिक १७ रनको योगदान दिए । यसैगरी मैचका तर्फबाट सुनिल पौडेल ११, सुदिप गुरुङ ३, सुजन पौडेल ३, लोकेन ढकाल २, केशव पाठक २, एम वि आस्थाले १ र सुरज श्रेष्ठले १ रनको योगदान दिए । 

मंचका गणेश पौडेल भने शुन्यमा आउट भए भने उमेश पुन नट आउट रहे । टेलिकमको तर्फबाट माधव खत्रीले सर्वा्धिक विकेट ५ विकेट लिए । मंचले १२ रन एक्स्ट्राको रुपमा पाएको थियो । 

यसैगरी नेपाल टेलिकम भने मंचका वलरको कसिलो वलरका सामु टिक्न भने सकेनन् । १२.३ वलमा नै अल आउट हुन पुगेको नेपाल टेलिकम ५० रनमा समेटियो । मंचका तर्फबाट कसिलो वलिङ गर्दै पहिलो ओभरमा नै लोकेन ढकालले मेडन ओभर गरे । लोकेनले आफ्नो ४ ओभरको स्पेलमा ५ विकेट लिए । नेपाल टेलिकमलाई अल आउट गर्न सुनिल पौडेलले ३ र गणेश पोडेलले २ विकेट लिए । 

यता टेलिकमका माधब खत्रीले १५ रनको योगदान दिए पनि टेलिकमका भरपर्दा भनिएका शुरेस वन्जाडे, भिकेन्द्र तञ्डुकार, विनोद तिमिल्सीना, उज्वल पोख्रेल, कुमुत महतो शुन्यमा आउट भए । नेपाल टेलिकमका लागि उमेश घिमिरे २, कृष्ण सुवेदी २ र शंकर थापाले ३ रन बनाए । नेपाल टेलिकमले २५ रन एक्स्ट्रा पाएको थियो ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै मंचका सल्लाहाकार एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष राम कृष्ण ज्ञवालीले यस प्रकारका मैत्रीपूर्ण खेलले पत्रकारहरुलाई खेल पत्रकारिता अनुभव संगाल्न र कर्पोरेट हाउसहरुसंगको आत्मियता वढाउन सहयोग पुग्ने वताए ।

कार्यक्रममा नेपाल टेलिकम पोखरा शाखाका निमित्त प्रमुख रोजन्द्र कुमार दाहाल, गाएक प्रमोद खरेल, टेलिकमका व्यापार अधिकृत राजेश रेग्मी, जिल्ला क्रिकेट संघ कास्कीका सचिव संजयकान्त सिग्देल, टेलिकमका टिम क्यापटेन शकर थापा र मंचका टिम क्यापटेन मन क्षेत्रीले आ–आफ्ना धाराणा राखेका थिए । कार्यक्रम नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठकको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना