मङ्सिर ३, काठमाडौँ । यही मङ्सिर दोस्रो हप्तादेखि हुने महिला एसिया कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाडौँ । यही मङ्सिर दोस्रो हप्तादेखि हुने महिला एसिया कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । 

"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला एसिया कपका राष्ट्रिय क्रिकेट टोलीको घोषणा

३ मंसिर २०७३, शुक्रबार १५:०६

मङ्सिर ३, काठमाडौँ । यही मङ्सिर दोस्रो हप्तादेखि हुने महिला एसिया कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । 

नेपाली टोलीका प्रशिक्षक, कप्तान तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) प्रतिनिधि सम्मिलित छनोट समितिले आज १५ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेकाले टोली छनोटमा आइसिसीको रहँदै आएको छ । 

टोलीको नेतृत्व नियमित कप्तान रुविना क्षेत्रीले गर्नेछिन् । अन्य सदस्यमा इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, करुणा भण्डारी, नेरी थापा, नीरा राजोपाध्याय, रश्मि शर्मा चौलागाईं, रोशनी बोहरा, सवनम राई, सीता मगर, सरस्वतीकुमारी चौधरी र सीता राना मगर छन् । 

गत महिना सम्पन्न छनोट प्रतियोगिता खेलेकी शर्मिला शाही घाइते बनेपछि उनका स्थानमा सङ्गीता राई टोलीमा अटाएकी छन् । त्यस्तै अघिल्लो प्रतियोगितामा नभएकी शोभा आलेलाई पनि टोलीमा तानिएको छ । 

मङ्सिर ११ देखि १९ गतेसम्म थाइल्यान्डमा हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल मङ्सिर ११ मा पाकिस्तानसँग खेल्नेछ । त्यस्तै १३ गते श्रीलङ्का, १४ गते बङ्गलादेश, १६ गते आयोजक थाइल्यान्ड र १७ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो