मङ्सिर ४, काठमाडौँ । नेपालले फ्रेन्ड्स अफ जापानमाथि जित हात पारेको छ ।
शनिबार भएको च्यारिटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १-० को जित हात पारेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका नवयुग श्रेष्ठले विजयी गोल गरे ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा भएका खेलमा नवयुगले खेलको ५७ औं मिनेटमा गोल गरेका हुन् ।
जे लिगमा खेल्ने तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडी सहभागि रहेको प्रतियोगितामा नेपालले प्रभावशाली जित दर्ता गरेको हो । नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा उक्त ‘च्यारिटी’ फुटबल खेल भएको हो ।