मङ्सिर १३, काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल श्रीलङ्कासँग आठ विकेटले पराजित भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १३, काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल श्रीलङ्कासँग आठ विकेटले पराजित भएको छ । 
२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको दोस्रो हार, श्रीलङ्कासँग आठ विकेटले पराजित

२०७३, १३ मंसिर सोमबार ०९:२३

मङ्सिर १३, काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल श्रीलङ्कासँग आठ विकेटले पराजित भएको छ । 

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा आज भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले १६.२ ओभरमै सबै विकेट गुमाएर २३ रन मात्र बनाउन सक्यो । चौबिस रनको झिनो लक्ष्य पछ्याएको श्रीलङ्काले ४.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य भेट्टायो । 

नेपालका लागि ज्योति पाण्डेले १६ रन बनाउनबाहेक अन्य वाट्सओम्यानले बिर्सन लायक प्रदर्शन गरे । सीता राना मगरले चार तथा कप्तान रुविना क्षेत्रीले एक रन बनाए भने अन्य सबै व्याट्सओम्यान शून्य रनमा पेवेलियन फर्किए । नेपालका लागि कप्तान रुविना र करुणा भण्डारीले समान एक विकेट लिए । 

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । नेपालले अर्को खेल मङ्गलबार बङ्गलादेशसँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता