मङ्सिर १४, काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १४, काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।&"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एशिया कपमा नेपाल बंगलादेशसँग पराजित

२०७३, १४ मंसिर मंगलवार ११:३२


मङ्सिर १४, काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । 

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग ९२ रनले पराजित भयो । जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको हार बेहोरेको थियो । 

टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले नेपालसामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

जवाफी ब्याटिङमा उत्रेको नेपाल १७ दशमलव ३ ओभरमा अलआउट हुँदै ४१ रनमै समेटिन पुग्यो । बंगलादेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १३३ रनको योगफल तयार गरेको थियो । 

नेपाली ओपनर सीता रानामगरले बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अङ्क जोड्न सकेनन् । सीताले १५ रन जोडिन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा बंगलादेशकी फहिमा खातुनले सर्वाधिक चार विकेट लिइन् भने नाहिदा अक्तरले दुई विकेट लिइन् । 

बंगलादेशको जितमा सन्जिदा इस्लामले ३५, नागर सुल्तानाले ३९, साइला सर्मिनले १९ तथा कप्तान रुमाना अहमिदले १७ रन जोडे । 

बलिङतर्फ नेपालकी संगीता राईले दुई तथा कप्तान रुविना क्षेत्री र सीता मगरले समान एक÷एक विकेट लिए । नेपालले आफ्नो चौथो खेल यही मङ्सिर १६ गते बिहीबार आयोजक थाइल्यान्डसँग खेल्ने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना