मङ्सिर १४, काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १४, काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।&"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एशिया कपमा नेपाल बंगलादेशसँग पराजित

१४ मंसिर २०७३, मंगलवार ११:३२


मङ्सिर १४, काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । 

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग ९२ रनले पराजित भयो । जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको हार बेहोरेको थियो । 

टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले नेपालसामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

जवाफी ब्याटिङमा उत्रेको नेपाल १७ दशमलव ३ ओभरमा अलआउट हुँदै ४१ रनमै समेटिन पुग्यो । बंगलादेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १३३ रनको योगफल तयार गरेको थियो । 

नेपाली ओपनर सीता रानामगरले बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अङ्क जोड्न सकेनन् । सीताले १५ रन जोडिन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा बंगलादेशकी फहिमा खातुनले सर्वाधिक चार विकेट लिइन् भने नाहिदा अक्तरले दुई विकेट लिइन् । 

बंगलादेशको जितमा सन्जिदा इस्लामले ३५, नागर सुल्तानाले ३९, साइला सर्मिनले १९ तथा कप्तान रुमाना अहमिदले १७ रन जोडे । 

बलिङतर्फ नेपालकी संगीता राईले दुई तथा कप्तान रुविना क्षेत्री र सीता मगरले समान एक÷एक विकेट लिए । नेपालले आफ्नो चौथो खेल यही मङ्सिर १६ गते बिहीबार आयोजक थाइल्यान्डसँग खेल्ने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु