बिजय थापा/पूस ६, वाशिंगटन डीसी l गत दिसम्बर १७ तारीख आहा रारा गोल्ड कप खेल्न नेपाल जाने उद्धेश्यले भर्जिनियामा अमेरिकाको बिभिन्न राज्यहरुबाट छनौट प्रकियामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बिजय थापा/पूस ६, वाशिंगटन डीसी l गत दिसम्बर १७ तारीख आहा रारा गोल्ड कप खेल्न नेपाल जाने उद्धेश्यले भर्जिनियामा अमेरिकाको बिभिन्न राज्यहरुबाट छनौट प्रकियामा "/>

१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आहा रारा गोल्ड कप खेल्ने नेपाली अमेरिकन सकर टोलीको नामावली सार्बजनिक

६ पुष २०७३, बुधबार ०१:४४


बिजय थापा/पूस ६, वाशिंगटन डीसी l गत दिसम्बर १७ तारीख आहा रारा गोल्ड कप खेल्न नेपाल जाने उद्धेश्यले भर्जिनियामा अमेरिकाको बिभिन्न राज्यहरुबाट छनौट प्रकियामा आएका भकुण्डो खेलाड़ीहरुको नामावली सार्बजनिक गरिएको छ l​ ​गत दिसम्बर १९ तारीख १८ जना खेलाड़ी तथा ६ जना आरक्षित खेलाड़ीहरु सहित नेपाल जाने सूचि तैयार गरिएको छ l

आगामी जनवरी १७ तारीख देखि २८ तारीख सम्म पोखरामा आयोजना हुने अंतर राष्ट्रीय स्तरीय आहा गोल्ड कप प्रतियोगिताको लागि उत्कृष्ट खेलाड़ीको छनौट घोषणा गरेको हो l​ ​​छनौट प्रक्रिया समितिमा रहेका नेपाल का पूर्व राष्ट्रीय खेलाड़ी उमेश प्रधान ,बिनोद खरेल ,सूरज थापा,प्रदीप हुमागाई तथा कुमार शेरचनले उक्त खेलाडीहरुको छनौट गरेका हुन l 

गोल कीपरहरुमा बाल्टीमोर एथलेटिक क्लबका निस्चल पंडित तथा डीसीका रेनेरो पचेको छनौटमा परेका छन l यसै गरि रक्षा पंक्तिमा ६ जना खेलाडीहरुमा पेम्बा योगर ,डालास गोर्खाज टेक्सास ,रोबिन सुब्बा एनवाईएनऍफ़सी न्यूयॉर्क ,टीचोसो अवाइड ,डीसी ,हेरोन राइ ,न्यूहेम्पशायर  तथा विज्ञान श्रेष्ठ डिसीऍफ़सी छनौटमा परेका छन l

यसै गरि मध्य पंक्तिमा पनि ६ जना खेलाडीहरुमा प्रतिक सिंह ,एनवाईएनऍफ़सी न्यूयोर्क ,कमल छेत्री एनवाईएनऍफ़सी न्यूयोर्क  ,किरण लामा एनवाईएनऍफ़सी न्यूयोर्क ,रोशन देवकोटा ,डालास गोर्खाज टेक्सास, परहंग लिम्बु ,एनवाईएनऍफ़सी  न्यूयोर्क तथा एबे मार्कोस डीसी छनौटमा परेका छन l​ ​यसै गरि अग्रपंक्तिमा ,अमृत तामांग,डिसीऍफ़सी ,शिशिर विश्वकर्मा ,बाल्टीमोर एथलेटिक क्लब ,उमेश पांडे डलास गोर्खाज टेक्सास तथा सोलोमन आजिग्बे डीसी छनौटमा परेका छन  l

यसै गरि आरक्षित खेलाड़ीहरुमा प्रलय राजभंडारी ,एनवाईएनऍफ़सी न्यूयोर्क  ,बिबेक तामांग बाल्टीमोर एथलेटिक क्लब , निरंजन केसी ,डालास गोर्खाज टेक्सास, रोशन घिमिरे डीसीएफसी ,टेनिस कटवाल डीसीएफसी तथा धीरेन मापचन,न्यू हेम्पशायर छनौट मा परेका छन l

आज सार्बजनिक गरिएको छापा विज्ञप्तिमा छनौट भएका सबै खेलाडीलाई अनिवार्य तथा उच्च प्राथमिकताको साथ ३ दिन भित्र क़ानूनी तथा आधिकारिक राहदानी (पासपोर्ट ) उपलब्ध गराउन आब्हान गरिएको छ l​ ​र यस बिषयमा बिस्तृत जानकारी लिन नेपाल अमेरिकन भकुण्डो टोलीका संयोजक चंद्र लामा संग संपर्क गर्न बिशेष आग्रह गरिएको छ l

संयोजक चंद्र लामाले अनिवार्य रुपमा कागजात बुझाउनु पर्ने र धेरै काम गर्नु पर्ने भएकोले यसलाई गंभीरता पुर्वक लिन आग्रह समेत गरेका छन l​ ​र ​,​छनौट भएका सबै खेलाड़ीहरुलाई पूर्व अभ्यास समेत गराउनु पर्ने हुनाले आगामी दिसम्बर २४ तारीख देखि नै पुनः खेलाडीहरु डीसी आउनु पर्ने बताए l

एएनए ,नेपाली अमेरिकन सकर (भकुण्डो )टोली नामक उक्त टोली आगामी जनवरी १२ तारीख नेपाल उड़ने छ l ​ ​गत दिसम्बर १७ तारीख डीसीमा भएको छनौटको खेलमा सबै खेलाडीलाई हौसला प्रदान गर्नुको साथै अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की (बिद्या वारिधि )ले शुभकामना दिएका थिए l

सहारा क्लब द्वारा आयोजना हुने आहा गोल्ड कप प्रतियोगिता सन् २००२ देखि संचालनमा रहेको छ भने उक्त प्रतियोगितामा नेपालका प्रख्यात ६ वटा तथा अन्तर्राष्ट्रिय टोलिका ६ वटा टोलि समेत १२ वटा टोलिलाई सहभागिता गराइन्छ l उक्त खेलमा अमेरिका बाट प्रथम पटक अमेरिकामा जन्मेका दोश्रो पुस्ताका खेलाड़ी सहित अन्य खेलाड़ीहरुले आहा गोल्ड कप खेल्ने छन l 

अमेरिकामा सन १९८३ मा स्थापना भएको दी एसोसिएसन अफ नेपालीज इन अमेरिका ( एएनएन) को यो एक महत्व कांक्षी परियोजना हो l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल