पुस २६, धनगढी | ए डिभिजन क्लव मनाङ मस्याङ्दी धनगढीमा भईरहेको भागेश्वर गुप्र खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलवार धनगढी रंगशालामा भएको क्वाटरफाईनलमा भुटानक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २६, धनगढी | ए डिभिजन क्लव मनाङ मस्याङ्दी धनगढीमा भईरहेको भागेश्वर गुप्र खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलवार धनगढी रंगशालामा भएको क्वाटरफाईनलमा भुटानक"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खप्तड गोल्डकप २०७३: मनाङ मस्याङ्दी सेमिफाईनलमा प्रवेश

२०७३, २६ पुष मंगलवार ११:५८


पुस २६, धनगढी | ए डिभिजन क्लव मनाङ मस्याङ्दी धनगढीमा भईरहेको भागेश्वर गुप्र खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलवार धनगढी रंगशालामा भएको क्वाटरफाईनलमा भुटानको डुकस्टार फुटवल क्लवलाई २–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । 

वाई पाएर क्वाटरफाईनलमा पुगेको मनाङले पहिलो हाफमा वरावरी खेलेको थियो । दोस्रो हाफमा उसले दुवै गोल गरेको हो । दोस्रो हाफको ५१ औं मिनेटमा विदेशी खेलाडी जर्सी नम्वर ९९ का ओलावा ओफिजले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए । डिवक्सवाट उनले गरेको कडा प्रहारलाई डुकस्टारका गोलरक्षकले रोक्ने मौका समेत पाएनन् । 

दोस्रो हाफको ८९ औं मिनेटमा जर्सी नम्वर ७ का सुसिल लामाले गोल गर्दै मनाङको जित सुनिश्चित पारे । राम्रो प्रदर्शन गर्न सफल भएपनि डुकस्टारले गोल गर्न नसक्दा खेल गुमाए पनि दर्शकको मन जित्न सफल भएको छ । 

जितपछि प्रतिक्रिया दिदै मनाङका कप्तान अनिल गुरुङले सुरुवाती खेलमा सधैं राम्रो खेल्न नसकेको भन्दै अवका खेलहरुमा प्रदर्शन सुधार हुँदै जाने वताउनुभयो । 

मनाङकै प्रशिक्षक छिरिङ लोप्चन गुरुङले विपक्षी टीमले राम्रो खेलेकोमा प्रशंशा गर्दै दोस्रो हाफमा राम्रो खेलेका कारण जित सम्भव भएको वताउनुभयो । 

डुकस्टारका सहायक प्रशिक्षक टसी डेन्डुकले विपक्षी टीम वढी अनुभवी भएका कारण आफ्ना कम उमेरका खेलाडीहरुले जित्न नसके पनि राम्रो प्रदर्शन गरेकोमा खुशी व्यक्त गर्नुभयो । 

डुकस्टारका कप्तान टङडीन दोर्जेओले आफ्ना खेलाडीहरुले अनुभव वटुल्न पाएको भन्दै मनाङको खेल हेरीसकेकोले उनीहरुसँग कम गोल खाने रणनिति अनुसार खेलेको वताउनुभयो । 

भागेश्वर गुप्रको मुख्य प्रायोजनमा भईरहेको गोल्डकपको वुधवार अन्तिम क्वाटरफाईनलमा नेपाल आर्मी क्लव र संकटा क्लव प्रतिस्पर्धा गर्नेछन । मनाङसँगै भारतको दिल्ली युनाईटेड र आयोजक सुदुरपश्चिम ११ यस अघि नै सेमिफाईनल पुगिसकेका छन ।

 

सेमीफाईनलमा मनाङले दिल्ली युनाईटेडसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक सुदुरपश्चिम ११ ले भने सेमिफाईनलमा नेपाल आर्मी र संकटाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

पुस २१ गतेदेखि भईरहेको प्रतियोगिताको विजेताले नगद ५ लाख उपविजेताले दुई लाख ५१ हजार नगद पाउनेछन । माघ १ गतेसम्म चल्ने प्रतियोगिताकाmे उत्कृष्ट खेलाडीले मोटर साईकल उपहार पाउने आयोजकले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन