माघ २०, काठमाडौँ । भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ ।

नयाँ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २०, काठमाडौँ । भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ ।

नयाँ "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दृष्टिविहीन विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई हरायो

२० माघ २०७३, बिहीबार १२:४०

माघ २०, काठमाडौँ । भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ ।

नयाँ दिल्लीमा भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । यसअघि खेलेको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५९ रनले र दोस्रो अस्ट्रेलियासँग १० विकेटले पराजित भएको थिए ।

आजको खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले नेपालसामु १४७ रनको चुनौती प्रस्तुत गरेका थिए । जवाफी ब्याटिङमा उत्रेका नेपालले १७ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो ।

नेपालका लागि सुनिल सुवेदी क्षेत्रीले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै सुनिल रानामगरले ३८ तथा रमेशबहादुर बानियाँले २४ रन जोडे । यता दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रनको योगफल बनाएको थियो ।

दक्षिण अफ्रिकाका सनवाबीले बिड्लाले ५७, डोमिनिक स्कटले ३३ तथा बुह्ले भिड्लाले ३२ रन जोडे । बलिङतर्फ नेपालका सुनिल रानामगरले दुई तथा कृतन श्रेष्ठले १ विकेट लिए । नेपालले भोलि पाकिस्तानसँग खेल्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह