२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप, नेपालद्वारा केन्या सात विकेटले पराजित

२०७३, ३० फाल्गुन सोमबार ११:४१

फागुन ३०, काठमाडौँ । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपालले केन्यालाई सात विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्ध आज भएको दोस्रो खेलमा केन्याले दिएको एक सय ५६ रनको विजय लक्ष्य नेपालले एक सय १८ बल बाँकी छँदै तीन विकेटको क्षतिमा पुरा गर्यो । 

सुनिल धमला एक तथा सागर पुन ५ रनमा आउट भएपछि नेपाली पारी धरमराएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबीच बलियो साझेदारी भएपछि नेपालले केन्या विरुद्ध सहज जित हात पारेको हो । दुवै खेलाडीबीच एक सय ११ रनको साझेदारी भएको थियो । 

नेपालले तीन दशमलव चार ओभरमा दुई विकेटको क्षतिमा मात्र १४ रन बनाएको अवस्थामा कप्तान ज्ञानेन्द्र मल्ललाई साथ दिन १७ वर्षीय युवा खेलाडी दीपेन्द्रसिंह ऐरी मैदानमा आएका थिए । उनले विष्फोटक व्याटिङ गर्दै ६६ बलमा ६२ रन बनाए । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत 

केन्या विरुद्धको शनिबार पहिलो खेलमा डेब्यु गरेका ऐरीले दोस्रो खेलमा एक छक्का तथा आठ चौका हान्दै उत्कृष्ट खेल प्रदर्शन गरे । 

यस्तै कप्तान पारस खड्काको अनुपस्थितिमा कप्तानी सम्हालेका ज्ञानेन्द्रले अविजित ६४ रनको योगदान दिए । यस क्रममा उनले एक छक्का तथा आठ चौका प्रहार गरे । यस्तै ऐरी आउट भएपछि खेल्न आएका शरद भेषवाकरले ३० दशमलव दुई ओभरको स्थितिमा छक्का हान्दै नेपाललाई जित दिलाए । उनले ११ बलमा एक छक्का र चार चौकासहित अविजित २४ रन बनाए । 

बलिङतर्फ केन्याका इ ओटिनोले दुई तथा कोलिन्स ओबुयाले एक विकेट लिए । 

यस अघि टस हारेर व्याटिङ गरेको केन्याले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ५५ रन बनायो । केन्याका लागि कोलिन्स ओबुयाले ७८ बल खेल्दै सात चौकाको मद्दतमा सर्वाधिक ४८ रन बनाए । यस्तै इरफान करिमले ३८ रन बनाए । उनले ७७ बल खेल्ने क्रममा तीन चौका प्रहार गरे । कप्तान आरआर पटेलले २१, एनएन ओढियम्बोले १५ तथा करन कौलले १४ रन बनाए । 

केन्यालाई सामान्य स्कोरमा समेट्ने क्रममा नेपालका शरद भेषवाकरले महत्वपूर्ण चार विकेट लिए । उनले सात दशमलव एक ओभर बलिङ गर्दै २८ रन खर्चे । यस्तै मेहबुब आलम र वसन्त रेग्मीले दुई-दुई विकेट लिए । आलमले सात ओभर बलिङ गर्दै पाँच मेडन राखेर ११ रनमात्र खर्चेर दुई विकेट लिए । यस्तै सोमपाल कामीले पाँच ओभर बलिङ गर्दै एक मेडन राखी २४ रन खर्चे । सागर पुन र सन्दीप लामिछानेले एक÷एक विकेट लिए । 

शनिबार पहिलो खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको थियो । केन्या विरुद्धको दोस्रो खेलमा जित हासिल गरेसँगै नेपालले विश्वकप क्रिकेटको छनोटमा पर्ने सम्भावनालाई जीवितै राखेको छ । नेपालले अब प्रतियोगितामा हङकङ र युएईसँग खेल्न बाँकी छ । नौ खेलको समाप्तिसँगै नेपाल आठ अङ्कका साथ छैटाँै तथा केन्या १० अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि