२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चेल्सीले हरायो १० खेलाडीमा सिमित म्यानचेस्टरलाई

२०७३, १ चैत्र मंगलवार ०२:०४

चैत १, लन्डन (एजेन्सी) ।  तनावपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोलले पराजित गर्दै चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

आफ्ना तीन स्ट्राइकर जाल्टन इब्राहिमोभिक, वायने रोनी र एन्थोनी मार्सलको अनुपस्थितिमा चेल्सीको स्ट्याम्पफोर्ड ब्रिजमा उत्रिँएको म्यानचेस्टरलाई त्यतिबेला गहिलो धक्का लाग्यो, जब पहिलो हाफको ३५ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर एन्डर हेरेरा पनि मैदान छोड्न बाध्य भए। 

पहिलो हाफको खेल सकिन १० मिनेट बाँकी हुँदा रेफ्रिले दिएको यो निर्णयको विषयमा ठूलो विवाद भएको थियो। चेल्सी प्रशिक्षकबाट गत अक्टोबरमा बर्खास्त भएपछि पहिलो पल्ट स्ट्याम्पफोर्ड ब्रिजमा बलियो प्रतिद्वन्दी बोकेर आएका जोसे माउरिन्हो अस्वभाविक रुपमा आक्रामक बनेका थिए। टच लाइनमा उनी रेफ्रिसँग मात्र होइन, प्रतिद्वन्दी चेल्सी प्रशिक्षक एन्टोनियो कोन्टेसँग मुखामुख पनि लागे। 

चेल्सीका लागि ५१ मिनेटमा एनगोलो कान्टेले विजयी गोल गरे। चेल्सीको एफए कपमा यो २२ औं सेमिफाइनल प्रवेश थियो। अब ब्लुजले सेमिफाइनल खेल टोटेनहामसँग खेल्नु पर्नेछ। 

प्रतिबन्धका कारण यस खेलमा म्यानचेस्टरले इब्राहिमोभिकलाई गुमाउनु परेको थियो। रोनी अभ्यास सत्रमा र मार्सल पहिले नै घाइते भएपछि रेड डेभिल्स आफ्नो तीन स्ट्राइकर बिनै मैदानमा उत्रिएको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना