चैत १३, काठमाडौँ । नेपालले टेस्ट खेल्ने राष्ट्र पाकिस्तानको सामना गर्दै एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताको सोमबार उद्घाटन गर्ने भएको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १३, काठमाडौँ । नेपालले टेस्ट खेल्ने राष्ट्र पाकिस्तानको सामना गर्दै एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताको सोमबार उद्घाटन गर्ने भएको छ । 
"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इमर्जिङ कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

१३ चैत्र २०७३, आईतवार १२:०८


चैत १३, काठमाडौँ । नेपालले टेस्ट खेल्ने राष्ट्र पाकिस्तानको सामना गर्दै एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताको सोमबार उद्घाटन गर्ने भएको छ । 

बङ्गलादेशको शेखकमल स्टेडियममा हुने खेलमा नेपालले पाकिस्तानका तेइस वर्षमुनि (यु–२३) उमेर समूहको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

टोलीमा कप्तानको जिम्मेवारी नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले पाएका छन् । नेपालको प्रतिनिधित्व गर्दै मल्लले पहिलो पटक नियमित कप्तानको भूमिका निर्वाह गर्न लागेका हुन् । उनले यसअघि घरेलु मैदानमा गत फागुन महिनामा भएको आइसिसी विश्व लिग क्रिकेट प्रतियोगताअन्तर्गत केन्याविरुद्धको खेलमा कप्तानको भूमिका निर्वाह गरेका थिए । 

नेपालका कप्तान पारस खड्का स्वास्थ्यमा समस्या आएका कारण टोलीमा समावेश छैनन् । त्यसैगरी शक्ति गौचन, वसन्त रेग्मी र सोमपाल कामी प्रतियोगितामा सहभागी छैनन् भने फास्ट बलर करण केसी पनि स्वास्थ्य समस्याका कारण आराम लिनुभएको छ । 

वरिष्ठ खेलाडीलाई आराम दिएका कारण यस पटक तीन नयाँ खेलाडी आशिफ शेख, दिलीप नाथ र दीपेश श्रेष्ठले पहिलो पटक खेल्न लागेका हुन् । 

खेल तालिकानुसार नेपाल समूह ‘बी’ मा छ । सोही समूहमा आयोजक बङ्गलादेश, पाकिस्तान र हङकङ छन् । त्यस्तै समूह ‘ए’ मा भने भारत, श्रीलङ्का, अफगानिस्तान र मलेसिया छन् । उक्त प्रतियोगिता करिब चार वर्षपछि हुन लागेको हो । यसअघि सन् २०१३(विसं २०६९ । ७०) मा सिङ्गापुरमा भएको थियो । यही चैत १२ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता चैत २२ सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का