चैत १५, काठमाडौँ । एसिसी इमर्जिङ टिम्स कप क्रिकेटको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ८३ रनले पराजित भएको छ ।  

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १५, काठमाडौँ । एसिसी इमर्जिङ टिम्स कप क्रिकेटको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ८३ रनले पराजित भएको छ ।  

"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बंगलादेशसँग नेपाल ८३ रनले पराजित

२०७३, १५ चैत्र मंगलवार १०:४५


चैत १५, काठमाडौँ । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ८३ रनले पराजित भएको छ । 

बङ्गलादेशको शेख कमल स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले नेपालसामु २५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपाल ४२ दमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनमा समेटियो । लगातारको दोस्रो हारसँगै नेपाल छनोट चरणबाटै बाहिरिएको छ । 

नेपालका दीपेन्द्रसिंह ऐरिले अर्धसतक बनाए । ८५ बल खेलेका उनले ६ चौकाको मद्दतमा ५६ रन जोडे । त्यसैगरी दिलीप नाथ एक छक्का र चार चौका प्रहर गर्दै ४१, विनोद भण्डारीले एक छक्का र छ चौकासहित ३३, अशिफ शेख १२ र मेहबुब आलमले १० रन बनाए । बलिङतर्फ बङ्गलादेशका रहतुल फेडरसले चार, मोहम्मद सैफुदिनले तीन र अबुल हसनले दुई विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशको २३ वर्षमुनिको टालीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २५७ रन बनायो । 

बङ्गलादेशका लागि नासिर हुसैनले सतक हाने । उनले अविजित रहँदै ११५ बलमा १०९ रन बनाए । यसमा दुई छक्का र १२ चौका सामेल थियो । कप्तान मोमिनुल हकले ७८ बलमा सात चौकाको मद्दतमा ६१ रन तथा अबुल हसनले २९ रन बनाए । 

बलिङतर्फ नेपालका लागि अविनाश कर्णले तीन विकेट लिए । उनले आठ ओभर बलिङ गर्दै एक मेडन राखी ४६ रन खर्चेका थिए । यस्तै सन्दिप लामिछानेले १० ओभरमा ४१ रन दिँदै दुई विकेट लिए । मेहबुब आलम, कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट बाँडे । 

एसियाली क्रिकेट परिषद् (एसिसी)को आयोजनामा भइरहेको उक्त प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बङ्गलादेश र श्रीलङ्काका २३ वर्षमुनिका खेलाडीको सहभागिता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना