२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालद्वारा हङकङ ७ विकेटले पराजित

१७ चैत्र २०७३, बिहीबार १०:०४

चैत १७, काठमाडौँ | बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई सात विकेटले पराजित गरेको छ । 

हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४२ दशमलव २ ओभरमा तीन विकेट गुमाउँदै पुरा ग¥यो । दीपेन्द्रसिंह ऐरीले छक्का प्रहार गर्दै नेपाललाई प्रतियोगितामा सान्त्वना जित दिलाएका हुन् । 

बङ्गलादेशको कक्स बजार स्टेडियममा नेपालले टस जितेपछि हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१४ रन बनायो । कप्तान ज्ञानेन्द्र मल्लले जितको आधार तयार पारेपछि नेपाललाई जित्न सहज भएको हो । दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरबीच एक सय पाँच रनको साझेदारी भएपछि नेपालले दुई सय २० रन बनायो । 

कप्तान मल्लले सर्वाधिक ७० रनको योगदान दिए । उनले ८२ बल खेल्ने क्रममा ११ चौका प्रहर गरे । खेलको २७औँ ओभरको एक बल बाँकी छँदा मल्ल बाहिरिएपछि मैदान प्रवेश गरेका अशिफ शेख र दिलिप नाथपनि सस्तैमा आउट भएपछि ऐरी र भेषवाकरले पारी सम्हालेका थिए । दीपेन्द्रले ८३ बल खेल्दै ६० रन जोडे । यसमा एक छक्का र पाँच चौका सामेल थियो । यस्तै ५१ बल खेलेका भेषवाकरले तीन छक्का र तीन चौकाको मद्दतमा ५५ रनको योगदान दिए । नाथले १२ तथा शेखले ८ रन जोडे । बलिङतर्फ हङकङका झाटवेध सुब्रमन्यमले दुई र निजाकट खानले एक विकेट लिए । 

यसअघि ब्याटिङ गर्ने क्रममा हङकङका लागि प्रारम्भिक ब्याट्सम्यान क्यामरन म्याकअलसन र अंशुमान राथले ९५ रनको साझेदारी गरेका थिए । अंशुमानले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ६४ बलमा सात चौका प्रहार गरे । यस्तै क्यामरनले ६९ बलमा पाँच चौकाको मद्दतमा ४३ रन बनाए । वाकस खानले ३०, साहिद वासिफले २२, इशान खानले १८ र वजिद शाहले १६ रन बनाए । 

बलिङतर्फ नेपालका लागि अभिनाश कर्णले सर्वाधिक तीन विकेट लिए । उनले पाँच ओभर बलिङ गर्दै २९ रन खर्चे । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल, भुवन कार्की र सुशन भारीले समान दुई–दुई विकेट लिए । मल्लले सात ओभरमा २५ रन दिए । कार्कीले १० ओभर बलिङ गर्दै एक मेडन राखेर ३७ रन खर्चे । यस्तै भारीले १० ओभर बलिङ गर्दै ५३ रन दिए भने सन्दिप लामिछाने एक विकेट लिए । 

नेपाल र हङकङ समान दुई–दुई खेल हारेर प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन् । नेपालले पहिलो खेल पाकिस्तानसँग ६ विकेटले तथा दोस्रो खेल बङ्गलादेशसँग ८३ रनको हारेको थियो । यस्तै हङकङ पहिलो खेलमा बङ्गलादेशसँग ८ विकेट तथा दोस्रो खेलमा पाकिस्तानसँग दुई सय ४८ रनले पराजित भएको थियो । 

एसियाली क्रिकेट परिषद् ( एसिसी) को आयोजनामा भइरहेको उक्त प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै मलेसिया, अफगानिस्तान र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र बंगलादेश, पाकिस्तान, श्रीलंकाका र भारतका तेइस वर्षमुनिका खेलाडीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ