चैत २९, वाटरफोर्ड । आउदो जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वाटरफोर्ड स्थित नेपालीले संचालन गरेको स्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २९, वाटरफोर्ड । आउदो जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वाटरफोर्ड स्थित नेपालीले संचालन गरेको स्क"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा सम्पन्न तेक्वान्दो खेलमा नेपाली खेलाडीलाई १६ वटा स्वर्ण सहित २५ वटा पदक

२९ चैत्र २०७३, मंगलवार ११:४७


चैत २९, वाटरफोर्ड । आउदो जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वाटरफोर्ड स्थित नेपालीले संचालन गरेको स्कुलका सहभागी सबै खेलाडी छनोट भएका छन् । 

हालै सम्पन्न मिचिगन राज्य स्तरिय प्रतियोगितामा एभरेष्ट तेक्वान्दो स्कुलका १६ खेलाडीले प्रतियोगिताका विभिन्न स्पर्धामा १६ स्वर्ण ,पाँच रजत तथा चार कास्य पदक जितेको स्कुलका संचालक एवं प्रमुख प्रशिक्षक लभप्रसाद गोर्खालीले बताए ।

सन् २०११ मा स्थापना भएको उक्त स्कुलमा हाल विभिन्न उमेर समूहका ७५ जना जति खेलाडीलाई गोर्खाली लगात अन्य दुई प्रशिक्षकले प्रशिक्षण प्रदान गर्दै आएका छन् ।

खेलाडीहरूको प्रदर्शनमा सन्तोष व्यक्त गर्दै सचालक एवं मुख्य प्रशिक्षक गोर्खालीले राष्ट्रिय प्रतियोगिताका लागि आफूहरूले अझ मिहिनेत गर्ने बताए । 

‘छनोट खेलका रुपमा रहेको मिचिगन राज्य स्तरिय प्रतियोगितामा खेलाडीहरूले प्राप्त गरेको सफलतामा हामी स्वाभाविक रुपमा खुसी छौँ । तर यो उपलब्धिले राष्ट्रिय प्रतियोगितामा सफलता हसिल गर्ने चुनौति थपि दिएको छ र त्यसका लागि हामी तयार छौँ ।’ गोर्खालीले भने । 

उक्त प्रतियोगितामा दुई नेपाली खेलाडी विप्लव खरेल र अनमोल गोर्खाली पनि छनोट भएका छन् । प्रशिक्षककको जिम्मेवारी अमूल गोर्खालीले निर्वाह गरेको स्कुलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता