वैशाख १८, धनगढी । आगामी वैशाख २१ गतेदेखि अत्तरीयामा आयोजना हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख १८, धनगढी । आगामी वैशाख २१ गतेदेखि अत्तरीयामा आयोजना हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ "/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अत्तरीया कपको तयारी अन्तिम चरणमा, प्रतियोगिताको खेल तालिका सार्वजनिक

२०७४, १८ बैशाख सोमबार ११:०६


वैशाख १८, धनगढी । आगामी वैशाख २१ गतेदेखि अत्तरीयामा आयोजना हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । युनाईटेड अत्तरीया स्पोर्टस क्लवको आयोजनामा हुने प्रतियोगितामा देशका विभिन्न ६ वटा टोलीहरुले भाग लिने भएका छन । धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले खेल तालिका समेत सार्वजनिजक गरेको छ । 

कैलालीको अत्तरीयामा हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । अत्तरीया युनाईटेड स्पोर्टस क्लवको आयोजनामा जेठ २१ गतेदेखि हुने महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको मैदान लगायतका अन्य तयारीहरु सकिएको र व्यानगर लगाउने लगायतका थोरै काम गर्न वाकी रहेको आयोजक क्लवका अध्यक्ष रवि खनालले जानकारी दिनुभयो । 

महिला क्रिकेट प्रतियोगिता थोरै भइरहेको बेलामा महिला क्रिकेटको विकास गर्ने लक्ष्यका साथ देशकै सर्वाधिक धनराहीका प्रतियोगिता गर्न लागिएको हो । अत्तरिया स्थित एपीएफको क्रिकेट मैदानमा हुने प्रतियोगिताको मसुख्य प्रायोजक रुस्लान हुने भएको छ । 

त्यस्तै विभिन्न निकायहरुले प्रतियोगितालाई सफल पार्नका लागि साथ दिएको आयोजकको भनाई छ । प्रतियोगितामा भाग लिने ६ वटै टोलीहरुलाई दुई समुहमा विभाजन गरी खेल तालिका पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । समुह ए मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टोली रहेको छ । समुह वी मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ क्रिकेट वुमन काठमाण्डौ र वारा क्रिकेट एकेडेमी रहेका छन । 

वैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टीम एपिएफ र मिलन क्रिकेट एकेडेमी झापा भिड्ने भएको छन । उद्घाटन र समापनको दिनमा वाहेक अन्य दिनमा दुई वटा खेल हुने भएको छ । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा खेलाईने छ । 

लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।  ए समुहको विजेताले वी समुहको उपविजेता तथा वी समुहको विजेताले ए को उपविजेतासग सेमिफाईनलमा फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने आयोजक क्लवका उपाध्यक्ष सरोज भट्टले वताउनुभयो । 

करिव २५ लाख रुपैयाँ खर्च हुने टि २० को विजेताले उपाधि सहित २ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उप विजेताले १ लाख हात पार्नेछ । प्लेयर अफ दी सिरिजलाई २५ हजार, वेस्ट ब्याटिङ पर्फर्मेन्स, वेस्ट वलिङ पर्फर्मेन्स र विकेट किपरलाई समान १० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै हरेक खेलको प्लेयर अफ दी म्याचले ३ हजार रुपैयाँ प्राप्त गर्नेछिन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना