४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट बन्ने

१९ बैशाख २०७४, मंगलवार ०५:२३

बैशाख १९, नगरकोट । भक्तपुरको चाँगुनारायण नगरपालिका–४, चाँगुमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट बन्ने भएको छ । 

ब्याडमिन्टन कोर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रीहरि कुइँकेलले करिब पाँच रोपनी क्षेत्रमा निर्माण हुने कोर्टका लागि करिब रु ६८ लाखको लगत इस्टिमेट तयार गरिसकिएको बताउनुभयो । त्यसका लागि भक्तपुर निर्वाचन क्षेत्र नं १ को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पहिलो चरणका लागि रु २० लाख विनियोजनसमेत भइसकेको उहाँले जानकारी दिनुभयो । 

उक्त बजेट प्राप्त गर्न जिल्ला समन्वय समिति भक्तपुरसँग सम्झौताका लागि अन्तिम चरणमा पुगिसकेको समितिका सचिव राधेश्याम खनालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कभर्डहल निर्माण गर्न स्थानीय उपभोक्ताले गत माघमै उपभोक्ता समिति गठन गरेका थिए । उपभोक्ता समितिले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको उहाँले बताउनुभयो । 

यसैबीच, स्थानीय उपभोक्ता समितिले आइतबार स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालासँग भेट गरी कोर्ट निर्माणसम्बन्धी छिटो सम्झौता गर्न ध्यानाकर्षण गरेको छ । चालु आवभित्रै रु २० लाखको कार्य गर्नुपर्ने भएकाले सम्झौतामा ढिलाइ नगर्न स्थानीय विकास अधिकारीको ध्यानाकर्षण गरिएको अध्यक्ष कुइँकेलले जानकारी दिनुभयो । 

समितिले यस वर्ष काम सुरु भएपछि अन्य क्षेत्रबाट पनि बजेट व्यवस्थापनका लागि सहज हुने बताएको छ । भक्तपुरमै पहिलो कभर्ड हल निर्माण गर्न स्थानीय उपभोक्ता सक्रिय भएर लागेको देखेर आफू पनि प्रभावित भएको स्थानीय विकास अधिकारी कोइरालाले बताउनुभयो । 

उहाँले जिल्ला समन्वय समितिको सम्पूर्ण प्रक्रिया पूरा गरेर तीनचार दिनमै कभर्डहल निर्माण उपभोक्ता समितिसँग सम्झौता हुने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता