Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं | लुका मोड्रिच रियल म्याड्रिडको तर्फबाट मैदानमा उत्रने सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन्।

३९ वर्षीय मोड्रिच शनिबार राति भएको स्पेनिस ला लिगाको सेल्भा भिगोसँगको खेलमा मैदानमा प्रवेश गरेपछि नै सो उपलब्धि हासिल गरेका हुन् । खेलमा रियल म्याड्रिड २-१ ले विजयी भयो।

दोस्रो हाफमा मैदानमा प्रवेश गरेका मोड्रिचले उनको पासमा ६६ औँ मिनेटमा भिन्सियस जुनियरले विजयी गोल गरेका थिए।

खेलको २० औं मिनेटमा केलिएन एम्बाप्पेले पहिलो गोल गरेका थिए। तर ५१ औं मिनेटमा सेल्टाभिगोका विलियट स्विटबर्गले एक गोल फर्काएका थिए।

यो खेलपछि रियल म्याड्रिडको २४ अंक रहेको छ | शिर्ष स्थानमा रहेको बार्सिलोनासंग टोलिले अंक बराबरी गरेको छ भने बार्सिले एक खेल कम खेलेको छ |