2026-08-21 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित

काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले बार्यन म्युनिखविरुद्ध शानदार जित हासिल गरेको छ ।

बिहीबार विहान सकिएको खेलमा बार्सिलोनाले बार्यनमाथि ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जीतमा राफिन्हाले आफ्नो १०० औं खेलमा ह्याट्रिक गर्दा रोबर्ट लेवान्डोस्कीले अर्को गोल थपेका थिए ।

चार वर्षअघि लिस्बनमा ८–२ को हारपछि बार्सिलोना बार्यनसँग लगातार ६ पटक पराजित भएको थियो । जहाँ बायर्नले बार्सिलोनाविरुद्ध २२–४ को गोल अन्तर बनाएको थियो । तर, यसपटक बार्सिलोनाले पुरानो इतिहासलाई तोड्दै बायर्नमाथि जीत निकालेको हो ।

खेलको सुरुवातमा ४५ सेकेन्डमा नै राफिन्हाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । यद्यपि, ह्यारी केनले बायर्नका लागि ६ औं मिनेटमा गोल गरे पनि भारले अफसाइड ठह¥यायो ।

त्यसपछि १८ औं मिनेटमा केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३६ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले अग्रता २–१ बनायो । राफिन्हाले ४५ औं मिनेटमा टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे ।

५६ औं मिनेटमा राफिन्हाले गोल गर्दै ह्याट्रिक पूरा गर्दा बार्सिलोना ४–१ ले अघि बढ्यो । सोही अग्रता जोगाउँदै बार्सिलोनाले शानदार जीत दर्ता गर्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक