2026-08-21 04:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत

काठमाडौं । लिगइंग्लिस प्रिमियर फुटबलमा नटिङघम फरेस्ट विजयी भएको छ ।

शनिबार विहान प्रिमियर लिगको इष्ट मिडल्यान्ड्स डर्बीमा नटिङ्घम फरेस्ट लेस्टर सिटीमाथि ३–१ को जित निकाल्दै पाँचौं स्थानमा उक्लिएको छ ।

खेलमा लेस्टरले बल नियन्त्रणमा राखे पनि पाहुना टोली नटिङ्घमले कप्तान रयान याट्सको २० यार्डको गोलमार्फत १६ औं मिनेटमा अग्रता लियो ।
तर, २३ औं मिनेटमा जेमी वार्डीले ह्यारी विङ्कसको उत्कृष्ट पासमा गोल गर्दै लेस्टरलाई बराबरीमा फर्काएका थिए ।

पहिलो हाफमा दुवै टोलीले प्रतिस्पर्धात्मक खेल खेले पनि नटिङ्घम फरेस्टका विङ्गरहरू क्यालम हड्सन–ओडोइ र एन्टोनी एलांगाले दोस्रो हाफमा आक्रमण बढाउँदै लेस्टरमाथि दबाब कायम गरेका थिए ।

दोस्रो हाफको सुरुमै अर्थात् ४७ औं मिनेटमा चिस वुडले उत्कृष्ट बल नियन्त्रण गर्दै गोल गरेपछि फरेस्टले २–१ को अग्रता लिएका थियो ।

६० औं मिनेटमा लेस्टरका वाउट फेसको गल्तीको फाइदा उठाउँदै वुडले नै हेडर गोल गर्दै आफ्नो व्यक्तिगत दोस्रो र फरेस्टको तेस्रो गोल गरेका थिए ।

जितसँगै फरेस्ट पाँचौं स्थानमा उक्लिएको छ । जसले युरोपियन फुटबलमा पुग्ने सपना देख्न सक्ने स्थिति बनाएको छ । उता, लेस्टर १४औं स्थानमा झरेको छ ।

वुडको दुई गोलको महत्वपूर्ण भए पनि खेलमा क्यालम हड्सन–ओडोइको उत्कृष्ट खेल प्रदर्शनले लेस्टरको रक्षा पंक्तिलाई निकै दबाब दिएको थियो । सोही कारण पनि क्यालम खेलको म्यान अफ दी म्याच पनि भए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता