२६ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यू-१९ महिला टी-२० विश्वकप छनोट: २२ रनमै अलआउट भयो कुवेत, नेपाल १०८ रनले विजयी

२२ कार्तिक २०८१, बिहीबार १४:१२

काठमाडौँ | युएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई १०८ रनले पराजित गरेको छ ।

छनोटमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको छ ।

दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य पछ्याएको कुवेत नेपाली बलिङ सामु टिक्न सकेन र १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै अलआउट भयो ।

कुवेतका लागि कप्तान तथा ओपनर जिफा जिलानीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुवेतका ६ खेलाडी खातासमेत नखोली आउट भए ।

कुवेतलाई अलआउट गर्न नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले २-२ विकेट लिए । सीमाले दुई ओभर बलिङ गर्दा २ ओभर नै मेडन राखिन् ।

रचनाले २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चेर २ विकेट लिइन् । यस्तै कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले १-१ विकेट लिए । मनिषाले पनि २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चिइन् ।

त्यसअघि नेपालका लागि पुजा महतोले कप्तानी इनिङ्स इनिङ्स खेल्दै ३४ रन बनाइन् । लगातार दोस्रो खेलमा नेपालका लागि उच्च रन बनाउने क्रममा महतोले ३८ बल खेल्दा ४ चौका मद्दतमा ३४ रन बनाइन् । यस्तै साना प्रविनले १८ बलमा ५ चौका प्रहार गर्दै २५ रन जोडिन् ।

ज्योत्सनिका मरासिनीले पनि १८ बल खेल्दै २३ रन योगदान गरिन् । एलिसाकुमारी यादवले १५ रन जोडिन् ।

कुवेतकी आयशा इकवाल पेवेकरले २ तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान १ विकेट लिए । नेपालले आफ्नो तेस्रो खेल शनिबार घरेलु टोली युएइसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच सिमेन्टको मूल्य घटाउने सहमति दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउँदै म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्याे: प्रधानमन्त्री ओली लुम्बिनीलाई १८ रनले हराउदै काठमाडौँको दोस्रो जित, प्लेअफबाट बाहिरियो लुम्बिनी लुम्बिनीलाई जितका लागि १८ बलमा २९ रन आवश्यक लुम्बिनीको सातौं विकेट पतन लुम्बिनीको चौथो विकेट पतन, ८ रन बनाएर आउट भए रोहित पौडेल रवि लामिछानेविरुद्ध पाँचवटै सहकारी प्रकरणमा मुद्दा दर्ता तयारी, अदालतको आदेशपछि थुनामुक्त हुन सक्ने काठमाडौंबिरुद्ध लुम्बिनीको खराब सुरुवात, पावर प्लेमा तेस्रो विकेट गुमाएर बनायो मात्र १६ रन आज पनि रास्वपाको प्रदर्शन,पोखरामा बाक्लो संख्यामा प्रहरी परिचालन काठमाडौंले लुम्बिनीलाई दियो १०४ रनको लक्ष्य काठमाडौं पशुपतिको वनकालीमा एक पुरुष मृत फेला नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सशस्त्रका तत्कालीन इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौंले गुमायो छैटौँ विकेट पावर प्लेमा काठमाडौंले २३ रन जोडेर गुमायो चौथौं विकेट पहिलो ओभरमै काठमाडौँलाई पहिलो झट्का टस जितेर लुम्बिनीविरुद्ध ब्याटिंग गर्दै काठमाडौँ गुर्खाज वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ रुकुम पूर्वमा अटो दुर्घटना हुँदा १२ वर्षीया बालिकाको मृत्यु, चारजना घाइते