2026-08-21 11:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने

काठमाडौं । क्यानडियन क्रिकेट आइकन साद बिन जफर नेपाल प्रिमियर लिग २०२४ का लागि लुम्बिनी लायन्ससँग आबद्ध भएका छन् ।

२०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेर इतिहास बनाएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

पाकिस्तानमा जन्मिएका क्यानडियन क्रिकेटर साद बिन जफरले सन् २००८ मा क्यानडाको फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीका लागि सबै फम्र्याटमा निरन्तर प्रतिनिधित्व गरेका छन् । बायाँ हाते स्लो स्पिन र बायाँ हाते ब्याटिङले मैदानमा बलियो उपस्थिति दिलाउँदै आएका जफरले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसिया जोक्सको तर्फबाट खेल्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

जफरले क्रिकेट इतिहासमा एउटा बेग्लै स्थान राखेका छन् । टी–२० अन्तर्राष्ट्रिय खेलमा ४ ओभरको बलिङ स्पेलमा एक रन पनि नदिई कीर्तिमान बनाउने उनी पहिलो खेलाडी हुन् । नोभेम्बर २०२१ मा भएको पनामा विरुद्धको उक्त खेलमा उनले ४ ओभरमा २ विकेट लिएर ४–४–०–२ को कीर्तिमानी प्रदर्शन गरेका थिए, जुन उपलब्धि आजसम्म अपराजित छ ।

लुम्बिनी लायन्सका लागि एनपीएल २०२४ मा आबद्ध भएपछि जफरले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘नेपाल प्रिमियर लिगका लागि लुम्बिनी लायन्ससँग आबद्ध हुन पाउँदा म अत्यन्तै उत्साहित छु । मैले अहिलेसम्म प्राप्त गरेको अनुभवले लुम्बिनी लायन्स तथा समग्र नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याउन चाहन्छु ।’

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आगामी सिजनका लागि जफरलाई टिममा समावेश गर्न पाउँदा आफ्नो खुसी व्यक्त गर्दै भने, ‘साद बिन जफरजस्तो अन्तर्राष्ट्रिय ट्यालेन्टलाई हाम्रो टिमको हिस्सा बनाउन पाउँदा हामी निकै हर्षित छौँ । उहाँको अलराउन्ड क्षमता र कप्तानीबाट प्राप्त अनुभवले हाम्रो टोलीलाई अझ बलियो बनाउनेमा हामी विश्वस्त छौँ ।’

साद बिन जफर लुम्बिनी लायन्समा थपिएसँगै नेपाल प्रिमियर लिग २०२४ अझ रोमाञ्चक हुने भएको छ । एनपीएल यही मंसिर १५ गतेबाट सुरु हुँदैछ भने लुम्बिनी लायन्सको पहिलो खेल मंसिर १९ गते विराटनगर किङ्ससँग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु