Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर ०९ गते, साँझ ७:१२ बजे काठमाडौँ - KTM, खेलकुद, मुख्य समाचार

एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को टोली काठमाडौं गुर्खाजका माइकल लेभिट नेपाल आइपुगेका छन् ।

लेभिट एनपीएलका लागि नेपाल आइपुगेको गुर्खाजले आइतबार जानकारी गराएको हो । गुर्खाजले लेभिटलाई पहिलो विदेशी खेलाडीको रूपमा काठमाडौंमा अनुबन्ध गरेको थियो ।

२१ वर्षीय युवा ब्याटर लेभिटले नेदरल्याण्ड्सका लागि ८ ओडीआई र १७ टी–२० आई खेल खेलिसकेका छन् । लेभिटलगायत टोलीमा विदेशी खेलाडी नाथन सोटर, माइकल लेभिट, सन एस्किनान्जी, जेहार्ड एरास्मस र ड्यान डौथेवेट पनि छन् ।

१७ गते गुर्खाजले आफ्नो पहिलो खेल चितवन राइनोजसँग खेल्ने छ । काठमाडौंमा करण केसी मार्की प्लेअर र बसन्त शाही मुख्य प्रशिक्षक हुन् । एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ ।