2026-09-19 02:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएल: कप्तानीबारे यसो भन्छन् टीम मालिकहरू!

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी तीव्र भइरहेको छ, जसको आयोजना मङ्सिर १५ गतेबाट सुरु हुँदैछ। ८ वटा फ्रेन्चाइज टोलीले स्वदेशी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्नका साथै विदेशी खेलाडी भित्र्याउने क्रम पनि जारी राखेका छन्। प्रतियोगिता सुरु हुन एक हप्ता नपाउँदै अधिकांश फ्रेन्चाइजहरूले आफ्नो टीम कप्तानको नाम भने सार्वजनिक गरेका छैनन्। यस बीच, सबै टोलीहरूले एक–एक जना मार्की खेलाडीको घोषणा गरेका थिए, जसका बारेमा धेरैले अनुमान गरेका छन् कि यी खेलाडी नै कप्तान बन्नेछन्।

मार्की खेलाडीको रूपमा विराटनगर किङ्समा सन्दीप लामिछाने, जनकपुर बोल्ट्समा आसिफ शेख, चितवन राइनोजमा कुशल मल्ल, काठमाडौँ गुर्खाजमा करण केसी, पोखरा एभेन्जर्समा कुशल भुर्तेल, कर्णाली याक्समा सोमपाल कामी र सुदूरपश्चिम रोयल्समा दीपेन्द्र सिंह ऐरी रहेका छन्। फ्रेन्चाइज क्रिकेटमा मार्की खेलाडीलाई प्रमुख आकर्षणको रूपमा चयन गरिन्छ, जसले टीमलाई ब्रान्डिङ र दर्शक आकर्षित गर्न मद्दत पुर्याउँछ। यी खेलाडीलाई उच्च तलब र सुविधा मिल्ने सम्भावना पनि बढी हुन्छ।

हालसम्म, धेरै टिम मालिकहरूले मार्की खेलाडीलाई नै कप्तान बनाउनुपर्ने पक्षमा रहेका छन्।

कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेका अनुसार स्वदेशी खेलाडीलाई कप्तान बनाउनु व्यवहारिक हुनेछ, किनकि विदेशी खेलाडी पारिश्रमिक लिइरहेका हुन्छन् र उनीहरूले बीचमै टीम छोड्न सक्छन्। यो कुराको, अन्तिम निर्णय प्रशिक्षकले नै लिने बताएका छन्।

विराटनगरका टिम मालिक बैंकटेस मुन्द्राले सन्दीप लामिछानेलाई कप्तान बनाउने भनेका छन्। जनकपुरका जीएम निरोज खतिवडाले पनि कप्तानको घोषणा चाँडै गरिने जानकारी दिएका छन्। चितवनका प्रबन्ध निर्देशक आयुष न्यौपानेले भने कप्तान चयनको जिम्मेवारी प्रशिक्षकको भएको बताएका छन्।

काठमाडौंका कार्यकारी प्रमुख सन्देश कटवालले टीममा अनुभवी विदेशी खेलाडी पनि रहेको बताउँदै, उनीहरूसँग सल्लाह गरेर कप्तान चयन गरिने बताएका छन्। पोखरा एभेन्जर्सका मालिक मनोबल श्रेष्ठले मार्की खेलाडी कुशल भुर्तेललाई कप्तान बनाउने तयारी गरेका छन्। सुदूरपश्चिम रोयल्सले पनि मार्की खेलाडी दीपेन्द्र सिंह ऐरीलाई कप्तान सुम्पिने पुष्टि गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो