Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पोखरा एभेन्जर्स बिरुद्ध रोहित पौडेलले विस्फोटक ब्याटिङ, शतक बनाउन ५ रनले चुके

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार जारी दोस्रो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई १७१ रनको चुनौती दिएको छ ।

लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेलले विस्फोटक ब्याटिङसहित ९५ रन बनाए । उनी अन्तिम बलमा रनआउट हुँदा ५ रनले शतक बनाउन चुके ।

उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । जारी एनपीएलमा कुनै पनि खेलाडीले हानेको यो सर्वाधिक रन हो । यसअघि जनकपुर बोल्ट्सका लाहिरु मिलान्थाले ७५ रन बनाएका थिए ।