2026-10-30 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुवै खेलमा राम्रो स्कोर बनाउँदा पनि पराजित भएपछि रोहितको ठट्टा: ‘अब बुमराहलाई ल्याउनु पर्ला’

काठमाडौँ | सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्सले पहिलो दुई खेलमा सन्तोषजनक स्कोर बनाए पनि बलिङ प्रदर्शनका कारण दुवै खेल गुमाएको छ।

पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध १९१ रन बनाएर पनि पराजित भएको लुम्बिनीले शुक्रबार पोखरा एभेन्जर्सविरुद्ध १७० रन बनाए। तर, पोखराले कुनै विकेट नगुमाई १७ औं ओभरमा लक्ष्य पूरा गर्‍यो।

दुवै खेलमा राम्रो स्कोर बनाउँदा पनि पराजित भएपछि रोहितले आफ्नो टोलीको बलिङमा समस्या रहेको स्वीकार गरे। टोलीमा रहेका उपलब्ध बलरलाई खेलाउँदा राम्रो हुन नसकेको उनको बुझाइ छ।

अब कसरी बलिङको समस्या समाधान गर्नुहुन्छ? भन्ने प्रश्नमा रोहितले शुक्रबारको खेलपछि ठट्टा गर्दै भने- ‘अब बुमराहलाई ल्याउनु पर्छ।’

उनले लुम्बिनीले बनाएको १७० रन जितका लागि काफी भएको लागे पनि आफ्ना स्पिनरले राम्रो खेल्न नसकेको बताए। साथै उनले ६ ओभरको पावरप्लेमा आफूहरूले धेरै रन खाएको पनि बताए।

उनले पोखराका ओपनरद्वय आन्द्रेस गौस र दिनेश खरेलको ब्याटिङको पनि प्रशंसा गरे। खेलमा रोहितले ९५ रन प्रहार गरेका थिए। अन्तिम ओभरमा पोखराका आकाश चन्द बलिङमा थिए। उनले आफूलाई शतक मन भएको बताए।

‘आकाशले फालेन के त्यस्तो बल (ठट्टा गर्दै)। राम्रो बल फ्याँकिदियो। अर्को एण्डबाट पनि राम्रो बल आइरहेको थियो,’ उनले भने।

उनले आफ्नो बलिङ योजनालाई मैदान उतार्न नसकिएको पनि बताए। यसो भनिरहँदा उनले विपक्षी ब्याटरको प्रशंसा गर्न छुटाएनन्।

‘हाम्रो बलिङ बलियो देखिएको छैन। केही न केही बाटो पत्ता लगाउनुपर्छ जस्तो लाग्छ। पाँचवटा खेल अझै छ, प्रेसर फिल भएको त छैन। अब बलिङ युनिटले स्टेपअप गर्नुपर्‍यो। विकेट लिनु पर्‍यो,’ उनले भने।

खेलमा विपक्षी ब्याटर गौसले शतक प्रहार गरेलगत्तै रोहितले उनलाई बधाई दिएका थिए। त्यसपछि कसरी चौका र छक्का हान्न सकेको भनेर गौससँग प्रश्न गरेको रोहितको भनाइ छ।

‘लङअनमा छक्का-चौका कसरी हानिरहेको छौ भनेर सोधेको थिएँ, ‘उसले त मैले होइन मेरो ब्याटले हो भनिरहेको थियो। उसले एकदम राम्रो ब्याटिङ गर्‍यो। विकेटमा केही छैन भने जसरी खेलिरहेको थियो’उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ