२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विराटनगर किङ्ग्सलाई हराउदै कर्णाली याक्सको दोस्रो जित

२२ मंसिर २०८१, शनिबार १६:२१

काठमाडौँ | कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) दोस्रो जित हात पारेको छ ।

शनिबार भएको पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ४५ रनले पराजित गर्दै कर्णालीले जित हासिल गरेको हो |यस अघि कर्णाली सुरुको दुई खेलमा जनकपुर बोल्ट् र काठमाडौंसँग पराजित भएको थियो। भने तेस्रो खेलमा चितवन राइनोजलाई हराएको थियो।

कर्णाली याक्सले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्ग्सले ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

विराटनगर किङ्ग्सका लागि निकोलस किर्तनले सर्वाधिक रन बनाए | उनले ३९ बलमा ४० रन बनाएका हुन् | ओपनर लोकेस बमले ९ बलमा १९ रन बनाए | भने दिपक बोहोराले १८ रन बनाए | अरु ब्याटरले ठुलो रन बनाउन सकेनन |

बलिङमा कर्णाली याक्सका नन्दन यादवले सर्वाधिक ३ विकेट लिए । भने विपिन शर्माले २, सोमपाल कामी, विलियम बोसिस्टो र युनिश ठकुरीले समान १-१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले विलियम बोसिस्टो र देव खनालको अर्धशतक मदतमा निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो ।

विलियम बोसिस्टोले ४९ बलमा ६६ रनमा बनाएर आउट भएका थिए । त्यस्तै देव खनालले ४८ बलमा ५३ रन बनाएका थिए |भने शिखर धवनले ५ रन, चाडविक वाल्टन र अर्जुन घर्ती समान एक/एक तथा जिसान मक्सुद २ रनमा आउट भएका थिए । गुल्सन झा र नन्दन यादवले खाता खोल्न सकेनन् ।

बलिङमा विराटनगर किङ्ग्सका लागि प्रतिश जिसीले ४ विकेट लिएका थिए । भने बसिर अहमद र क्रिस सोलले २-२ विकेट लिदा अकिब इलियासले १ विकेट लिएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध