२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विराटनगर किङ्ग्सलाई हराउदै कर्णाली याक्सको दोस्रो जित

२०८१, २२ मंसिर शनिबार १६:२१

काठमाडौँ | कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) दोस्रो जित हात पारेको छ ।

शनिबार भएको पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ४५ रनले पराजित गर्दै कर्णालीले जित हासिल गरेको हो |यस अघि कर्णाली सुरुको दुई खेलमा जनकपुर बोल्ट् र काठमाडौंसँग पराजित भएको थियो। भने तेस्रो खेलमा चितवन राइनोजलाई हराएको थियो।

कर्णाली याक्सले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्ग्सले ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

विराटनगर किङ्ग्सका लागि निकोलस किर्तनले सर्वाधिक रन बनाए | उनले ३९ बलमा ४० रन बनाएका हुन् | ओपनर लोकेस बमले ९ बलमा १९ रन बनाए | भने दिपक बोहोराले १८ रन बनाए | अरु ब्याटरले ठुलो रन बनाउन सकेनन |

बलिङमा कर्णाली याक्सका नन्दन यादवले सर्वाधिक ३ विकेट लिए । भने विपिन शर्माले २, सोमपाल कामी, विलियम बोसिस्टो र युनिश ठकुरीले समान १-१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले विलियम बोसिस्टो र देव खनालको अर्धशतक मदतमा निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो ।

विलियम बोसिस्टोले ४९ बलमा ६६ रनमा बनाएर आउट भएका थिए । त्यस्तै देव खनालले ४८ बलमा ५३ रन बनाएका थिए |भने शिखर धवनले ५ रन, चाडविक वाल्टन र अर्जुन घर्ती समान एक/एक तथा जिसान मक्सुद २ रनमा आउट भएका थिए । गुल्सन झा र नन्दन यादवले खाता खोल्न सकेनन् ।

बलिङमा विराटनगर किङ्ग्सका लागि प्रतिश जिसीले ४ विकेट लिएका थिए । भने बसिर अहमद र क्रिस सोलले २-२ विकेट लिदा अकिब इलियासले १ विकेट लिएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना