२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपीएल: लगातार चौथो हारसँगै लुम्बिनीको प्लेअफ सम्भावना कठिन

२३ मंसिर २०८१, आईतवार १२:१४

काठमाडौं | काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सको लगातार चौथो हार भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा जनकपुरले लुम्बिनीलाई १ रनले हराएको हो ।

जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा २ रन लिन नसक्दा लुम्बिनी पुनः पराजित हुन पुग्यो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३९ रन जोड्दा टम मोरिसले ३१ रनको योगदान गरे । ओपनर अजुर्न साउदले २० र सन्दीप जोराले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । जनकपुरका लागि हर्ष थाकेरले ५ विकेट लिए ।

यसअघि जनकपुरले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १३६ रन बनाएको थियो। जनकपुरका लागि कप्तान अनिल साहले ४५ रन बनाए । उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे । शुभ कंसकारले २२ रनमा अविजित रहे । लाहिरु मिलन्थाले २४ र आसिफ शेखले १६ रन बनाए । लुम्बिनीका लागि अभिशेष गौतमले ३, साद बिन जफर र रोहित कुमार पौडेलले २–२ तथा सन्दीप जोराले १ विकेट लिए ।

यससँगै लुम्बिनीको प्लेअफ सम्भावना कठिन भएको छ । यता, जनकपुरले अंकतालिकामा बलियो रुपमा प्रस्तुत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव